sunwal

गित संगितका माध्यामले जागरण ल्याउन जरुरी छ

239

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१४
विजया दशमी तथा शुभदिपावलीको अवसरमा प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र,नेपालले शुभकामना आदान प्रदना कार्यक्रम सम्पन्न् गरेको छ । केन्द्रकी अध्यक्ष सिन्धु जलेसाको अध्यक्षता र जिल्ला समन्वय समिति सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले जनगायक प्रचण्ड बुढाथोकीले तात्कालिन अवस्थामा गायनको क्षेत्रवाट पुर्याएको योग्दानको खुलेर प्रशंसा गरेका थिए । सरल र सहज भाषामा जनताका पिर र ब्यथाहरुलाई समेटेर गित संगितका माध्यामले सबैलाई जागरण ल्याउने काममा प्रचण्डको भुमिका महत्वपूर्ण रहने गरेको स्मरण गर्दै अहाँले शुरुगरेको जनवादी गायनको क्षेत्रलाई अहिलेका गायकहरुले पनि निरन्तरता दिनु पर्नेमा बक्क्ताहरुले जोड दिएका थिए ।
उहाँको नाममा संस्था स्थापना गरेर मात्र नहुने भन्दै जनस्तरवाट नै जनताका आवाज बोल्नेगरी कला,साहित्य र संगितको क्षेत्रमा प्रचण्डले जस्तै काम गर्ने वातावरण उहाँको नाममा खोलेको संस्थाले गर्न जरुरी रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. २ का बिभिन्न सामाजिक संघ संस्थाहरुका नेतृत्वकता तथा सामाजिक अभियान्ताहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रेम भुजेलले गर्नु भएको थियो ।