kalika

बर्दघाट ट्रमा सेन्टरकै स्वामित्वमा लालपुर्जा प्राप्तिका लागि पहल गर्नेछु ः मन्त्री पौडेल

451

कृष्ण ढकाल
बर्दघाट,असोज–१३

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललेले अाज बर्दघाट–२, चिसापानी (ढिडारी फाँट)मा बर्दघाट ट्रमा सेन्टरको शिलान्यास गर्नुभएको छ । बर्दघाट नगरपालिकाको आयोजनामा भएकाे शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले राजमार्गमा हुने दुर्घटनाका घाइतेहरूलाई सहज उपचारका लागि बर्दघाट ट्रमा सेन्टरलाई राष्ट्रिय ट्रमा सेन्टरको रुपमा अघि बढाउन पहल गर्ने बताउनुभयो । मन्त्री पाैडेलले बर्दघाट नगरपालिकाले राष्ट्रिय आवास कम्पनीको जग्गा भाडामा लिएर निर्माण गर्न लागेको ट्रमा सेन्टर निर्माण स्थलको जग्गालाई ट्रमा सेन्टरकै स्वामित्वमा पुर्जा प्राप्तिका लागि समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी निर्माण कम्पनीलाई समय अगावै निर्माण सम्पन्न गर्न आग्रह गर्दै मन्त्री पौडेलले भुक्तानीका लागि कुनै समस्या हुन नदिने बताउनु भयो ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै लुम्बिनि प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले तिनै तहका सरकारहरूले जनतालाई स्वास्थ्य सेवामा सोचेजति सेवा प्रवाह गर्न नसकेको धारणा व्यक्त गरनु भएकाे थियाे।

पूर्व स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले “हात्तीको बच्चा जन्माउन खोजेको बाख्राको बच्चा जन्मियो,” भन्दै बर्दघाट ट्रमा सेन्टरको नाममा इज्जत बचाउने अभियान चलिरहेको धारणा राख्नु भएकाे थियाे । उहाँले राजनितिक अवस्थाका अाधारमा कुनै पनि सामाजिक काम राम्रो नहुने कुरा बतानु भयाे।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले निकै लामो र अथक प्रयासपछि ट्रमा सेन्टर शिलान्यास गर्न सफल भएको उल्लेख गर्दै ट्रमा सेन्टर समयमा नै निरमाण भएरै छाड्रने बताउनुभयो ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद विनोद चौधरी, सरिता खनाल, प्रदेश संसदका सदस्य विश्वप्रेम पाठक, बैजनाथ कलवार, पूर्व राज्यमन्त्री देवेन्द्रराज कंडेल, र जिल्ला समन्वय समितिका अध्यक्ष भगवती यादव लगायतका प्रमुख राजनीतिक व्यक्तित्वहरू उपस्थित रहेकाे िथयाे ।

बर्दघाट ट्रमा सेन्टरको कुल लागत ९ करोड १ लाख ५३ हजार ७ सय ६४ रुपैयाँ रहेको जानकारी शहरी विकास कार्यान्वयन ईकाइ कार्यालय चितवनका आयोजना प्रमुख झपट बहादुर थापाले बताउनु भएकाे िथयाे । ट्रमा सेन्टर निर्माणको जिम्मा एक्सिस एसियन कन्स्ट्रक्सन कम्पनीले पाएको छ । निर्माणको समय अवधि १८ महिना रहेको बताइएको छ ।