Holi asnjal makar GURU

बर्दघाटमा नेपाली जुत्ता चप्पलका स्टल शुभारम्भ

282

कृष्ण ढकाल
बर्दघाट,असोज–१२

स्वदेशी उत्पादनलाई प्रयोग गरौं परनिर्भरताको अन्त्यगरी आत्म निर्भर बनौं भन्ने मुलनाराका साथ पश्चिम नवलपरासीको बर्दघाटमा नेपाली जुत्ता चप्पलका स्टल शुभारम्भ गरीएको छ ।
बर्दघाट मिनि मार्ट प्रा.लि.ले शुक्रवार एक कार्यक्रमका विच बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठबाट उद्घाटन गरेर नेपाली जुत्ता चप्पलका स्टल शुभारम्भ गरेको थियो ।
बर्दघाट मिनि मार्ट प्रा.लि.का सञ्चालक निर्मल पौडेलको अध्यक्ष्ँतामा भएको शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नेपाली उत्पादनको प्रवर्धनका लागि गरीएको नयाँ प्रयास आफैमा महत्वपूर्ण रहेको बताउदै बर्दघाट नगरले सञ्चालन गर्ने कोसेली घर सञ्चालनमा लागि समेत नगरपालिका सहकार्य गर्न तयार रहेको धारणा राख्नु भएको थियो ।

त्यसैगरी सरावल गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बर्दघाटमा खोलीएको नेपाली जुत्ता चप्पलका स्टलले सरावलका जनताहरुसंगै समग्र जिल्लावासीहरुलाई सहयोग पुग्ने विश्वार ब्यक्त गर्नु भएको थियो ।

सरावल गाउपालिकाकि उपाध्यक्ष बासमती हरिजन, बर्दघाट उद्योग वाणीज्य संघका पूर्व अध्यक्ष मिनराज शर्मा,पुर्व वरिष्ठ उपाध्यक्ष राजु पान्डे, बाणिज्य उपाध्यक्ष चन्द्र रणपाल, सरावल उद्योग वाणीज्य संघका अध्यक्ष सुशान्त घिमिरे,दिब्यज्योति बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद पौडेल,न्यूलाईफ बोडिङ्गका प्रिन्सीपल सन्तोष अधिकारी लगाएतले सबै प्रकारका नेपाली जुत्ता उद्योगीहरुले उत्पादन गरेका जुत्ता र चप्पलहरुको स्टल एकै स्थानमा हुनुले उपभोक्ताहरुलाई सहज हुने बताउनु भएको थियो ।

नेपालका चर्चित फुटवेयर ब्रान्डहरुको सामुहिक शो–रुम सञ्चालनले बर्दघाट मिनि मार्ट प्रा.लि.लाई मात्र नभै यसक्षेत्रका उपभोक्ताहरुलाई समेत प्रत्यक्ष फाईदा पुग्ने सञ्चालक निर्मल पौडेल बताउनु भएको छ । अहिले रन सुज, क्रसरोड, आस्ता, सुज ल्यान्ड जस्ता ७ वटा नेपाली ब्रान्डका २ हजार भन्दा बढी भेराएटी का जुत्ता चप्पलहरु पाइने गरी सेवा सुचारुगरीएको सञ्चालक निर्मल पौडेलले बताउनु भयो ।