Sarawal sit lahar Notis

शिक्षक सरुवा,पदस्थापन र काजथपको निर्णय गर्ने बैठकमा उप–प्रमुखद्धारा बहिस्कार

599

कृष्ण ढकाल
बर्दघाट,साउन–२४
बर्दघाट नगरपालिका नगर शिक्षा समितिको आज बसेको बैठकले शिक्षक सरुवा,पदस्थापन र काजमा रहेका शिक्षकहरुको काजथप गरेको छ।
गत बर्षसरुवा गरिएका शिक्षकहरु मध्ये पदस्थापन गर्न मिल्नेहरुलाई पदस्थापन गर्ने र पदस्थापन गर्न नमिलेका शिक्षकहरुलाई काजथपकोे निर्णय समेत आजको बैठकले गरेको बर्दघाट नगर शिक्षा प्रमुख लोकराज पन्थीले बताउनु भएको छ ।
आजको बैठकले १३ जना शिक्षकहरुलाई सरुवा गर्ने निर्णय गरेको छ भने ७ जना शिक्ष्ँकहरुको पदस्थापन गर्ने र २ जना शिक्षकहरुको काजसरुवा थप गर्ने निर्णय गरेको छ ।

बर्दघाट नगरपालिकामा नै भएको नगर शिक्षा समितिको बैठकमा नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले भने बैठक बहिस्कार गरेको बुझिएको छ । बैठकमा लैजाने बिषयहरु माथि भएको छलफलमा नै आफुले अप्जेसन गरेका शिक्षक सरुवा काजथपको निर्णय गर्ने कारण आफु नगरमा रहेर पनि बैठकमा सहभागिता नजनाएको उप–प्रमुख उपाध्यायले बताउनु भएको छ ।  अवधि नपुग्दै सरुवा,लामो समय काजसरुवा,दुर्गमका विद्यालय प्राथामिक्तामा नपर्नु र ब्यक्तिगत स्वार्थकाे पछि लागेकाे प्रति असहमति रहेकाे बताउनु भयाे ।
जब छलफलकै क्रममा बैठकमा लैजाने बिषयहरु प्रतिनै असहमति जनाएपछि बैठकमा रहनुको कुनै औचित्य नरहने भएका कारण आफुले बैठक बहिस्कार गरेको उप–प्रमुख उपाध्यायको भनाई रहेको छ ।

यता बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले भने बैठकमा लैजाने बिषयहरु माथि उप–प्रमुखसंग छलफल र सहमति गरेर नै अघिबढेको बताउनु भएको छ । तर आज भएको नगर शिक्षा समितिको बैठकमा उपप्रमुख उपाध्याय भने नआएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।