Sarawal sit lahar Notis

बर्दघाट नगरपालिकालाई एमालेको ३८ बुधें सुझाब–पत्र (विवरण सहित)

0 133

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२५
नेकपा एमाले बर्दघाट नगरकमिटिले बर्दघाट नगरपालिकालाई ३८ बुधें सुझाब–पत्र पेश गरेको छ ।

बर्दघाट नगरकमिटि अध्यक्ष केशब बहादुर खत्री क्षेत्रीको नेतृत्वमा गएको नेकपा एमालेको नगरस्तरीय नेतृत्वले आगामी आ.ब. २०८१/०८२ को निति तथा कार्यक्रम एवं बजेटमा नगरले छुटाउन नहुने निति तथा कार्यक्रमहरुलाई अग्रिम रुपमा सुझाब–पत्रका रुपमा नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई हस्तान्त्रण गरेको थियो ।

नेकपा एमाले बर्दघाट नगरकमिटिले बर्दघाट नगरपालिकालाई पेश गरेको सुझाब–पत्रमा नगरवासीहरुको जनजीविकासंग जोडिएका उत्पादनमुखि क्षेत्रको उच्च प्राथामिक्ता देखि नगरको मुख्य चोकहरुमा फ्रि–वाईफाईको ब्यवस्था गर्ने सम्मका निति तथा कार्यक्रमहरु समावेस गरेर बजेटको सुनिश्चितता गर्न सुझाब पेश गरीएको छ ।
कृषिलाई प्रविधिमैत्री गराएर ब्यवसायीकिकरण गर्ने,कृषक परिचय पत्रको ब्यवस्था गर्ने,स्थानिय उद्योगीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणको सुनिश्चीतता गर्ने,चिसापानी अस्पताललाई ५० शैयाको सुविधायुक्त बनाउने देखि चौपत्ता अस्पताललाई प्रादेशिक अस्पतालमा रुपान्तण गर्ने , प्रस्तावित ट्रमा केयर सेन्टरको निर्माण यथाशिघ्र थालनी गर्ने सम्मका सुझाबहरु सहितको ३ पानाको सुभाब पत्र आज नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय,प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल ,नगर प्रवक्ता सन्तु गाहा र सामाजिक विकास समितिका संयोजकलाई संगैराखेर नगरप्रमुखलाई बुझाएको नेकपा एमाले बर्दघाट नगरकमिटिका उपाध्यक्ष देविदत्त सापकोटाले जानकारी दिनुभएको छ ।

पार्टीको तर्फवाट सुझाव पत्र बुझाउदै नगर अध्यक्ष खत्रीले नगरको फोहर प्रसोधन केन्द्र निमार्ण,लागु औषध पुर्नस्थापना केन्द्र सञ्चालन,घण्टाघर निमार्ण,रञ्गशाला निमार्ण,औधोगीक ग्राम स्थापना लगाएतका विकास निमार्णका कामहरुको अहिले सम्मको प्रगति के कति भएको छ भन्नेवारेमा जानकारी गराउन समेत नगर प्रमुखलाई आग्रह गर्नु भएको थियो ।

नेकपा एमाले बर्दघाट नगरकमिटिले दिएको सुझाव पत्र बुझदै नगर प्रमुख श्रेष्ठले नगरको निति तथा कार्यक्रमहरु ल्याउदा नगरका सबै दलहरुसंग सुझाब लिएर मात्र ल्याउने गरेको बताउदै बर्दघाट नगरको समृद्धिका लागि सबै राजनितिक दलहरुसंग नगरले सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

नगरप्रमुख श्रेष्ठले अघिल्ला गुरुयोजनाहरुलाई पूर्णता दिनेगरी समेटेर नै निति तथा कार्यक्रम र बजेट ल्याउने गरेको तर कारण बस केहि योजनाहरु छुटेको बताउनु भयोे । पाटीका तर्फवाट आएको महत्वपूर्ण सुझाबका लागि धन्यवाद दिदै नगरको विकासका लागि संगै हातेमालो गरेर अघिबढ्ने नगरप्रमुख श्रेष्ठको भनाई रहेको थियो ।

Leave A Reply

Your email address will not be published.