Jilla Ban Notis

राजा मा.बि.द्धारा स्वर्णजयन्ती महोत्सवको आय व्यय सार्वजनिक

0 38

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१९
राजा महात्मा पूर्णभद्र मा.बि.पञ्चनगर बर्दघाट–९ भुताहाको स्वर्णजयन्ती महोत्सव २०८० को आय व्यय सार्वजनिक गरीएको छ । पौष १५ देखि २१ सम्म सञ्चालन भएको स्वर्ण जयन्ती महोत्सवमा ५३ लाख ८१ हजार ४ सय ५० रुपैया आम्दानी ,३६ लाख ४५ हजार ३ सय नौ रुपैया खर्च तथा १७ लाख ३६ हजार १ सय ४१ रुपैया बचत भएको आज आयोजित स्वर्णजयन्ती महोत्सव २०८० को आय व्यय सार्वजनिक तथा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

स्वर्णजयन्ती मुल समारोह समितिका संयोजक तथा संविधान सभा सदस्य विक्रम खनालले आय व्यय सार्वजनिक गर्दै सामाजिक संघ संस्थाहरुकाे सर्वाङ्कि विकासमा सम्पूर्ण राजनितिक दल तथा बुद्धिजिविहरु एक भएर लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी स्वर्ण महोत्सवले अभिभावक र समुदायको दृष्टिकोण विद्यालय प्रति सकरात्मक भएको बताउनु भएको थियो । राजनितिक तथा सामाजिक सद्यभाव बढेको छ,स्वर्णले सबै पक्षलाई विद्यालयमा प्रवेश गराउने,मान सम्मान र सक्रियता बढाउनुका साथै मनोरञ्जन प्रदान गरेकाले विद्यालयप्रतिको अपनवत्य महशुसगरीएको छ खनालको भनाई रहेको थियो ।

आय व्यय सार्वजनिक कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले राजा महात्मा पूर्णभद्र मा.बि.पञ्चनगर बर्दघाट–९ भुताहाको स्वर्णजयन्ती महोत्सव भब्यरुपमा सफल भएको उल्लेख गर्नु भयो । उहाँले आगामि दिनमा अझै सबैपक्षलाई समेटेर अघि बढ्न विद्यालयल परिवारलाई आग्रह गर्दै विद्यालयले विद्यार्थी संख्यामा भन्दा वपनि शैक्षिक गुणस्तरमा विषेश ध्यान दिनु पर्ने धारणा राख्नु भएको थियो ।

विद्यालयमा अभिभावकको चाँसो कमभइ रहेको समयमा स्वर्ण महोत्सवले अभिभावकको चाँसो र चिन्ता सहित आएका सल्लाह सुझाब अनुसार विद्यालयको शैक्षिक गुणस्तरलाई परिमार्जित गर्दै शैक्षिक कार्ययोजना बनाउने विद्यालय ब्यवस्थापन समितिका अध्यक्षता तथा वडा नं. ९ का वडाध्यक्ष चन्द्रकान्द चापागाइले बताउनु भएको छ ।

स्वर्ण महोत्सषबाट गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई छाावृत्तिको ब्यवस्था हुनेगरी अक्षयकोषको ब्यवस्था हुने भएको छ । अक्षयकोषमा १३ लाख ४३ हजार १ सय ७२ रुपैया जम्मा भएको आर्थिक समिति संयोजक बालिन्द्र विक्रम शाहीले बताउनु भएको थियो ।

संचारकर्मी,बर्दघाट नगरपालिकाका जनप्रतिनिधिहरु,समाज सेवी,शिक्षक तथा कर्मचारी,अभिभावक,स्थानिय संघ संस्थाका प्रतिनिधिहरु लगाएतको सहभागीता रहेको उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ. पुष्पराज अधिकारीले स्वर्ण महोत्सवदेखि अभिभावकहरु मुस्कुराएर विद्यालय आउन थालेपछि शिक्षकहरु उत्साहका साथ अधिबढेको बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.