Sarawal sit lahar Notis

सुनवलमा लायन्स आँखा उपचार केन्द्रको समुद्धघाटन

0 22

कल्पना खरेल

सुनवल,जेठ–१५
सुनवल नगरबासीको आखाँ उपचारमा सहयोग पुऱ्याउने उद्देश्यले गणतन्त्र दिवसकाे अवसर पारि आज मंगलबार पश्चिम नवलपरासीको सुनवलमा लायन्स आँखा उपचार केन्द्रको समुद्धघाटन गरिएकाे छ ।
नेपाल नेत्र ज्योती संघ, डा. विनोद निता कण्डेल आखाँ अस्पतालको प्राविधिक तथा सुनवल नगरपालिकाको आर्थिक सहयोग र लायन्स क्लब अफ सुनवलको क्रियाशिलतामा आँखा उपचार केन्द्रको समुद्धघाटन गरिएकाे हाे ।
लायन्स क्लब अफ सुनवलकाे अध्यक्ष लक्ष्मी तिवारीकाे अध्यक्षता, सुनवल नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता तथा नेपाल नेत्र ज्याेती संघ नवलपरासीका जिल्ला सभापति देवेन्द्रराज कण्डेलकाे विशिष्ट आतिथ्यतामा आँखा उपचार केन्द्रको समुद्धघाटन गरिएकाे थियाे ।
कार्यक्रमकाे उद्वघाटन गर्दै नगर प्रमुख विमला अर्यालले डा. विनोद निता कण्डेल आखाँ अस्पतालसगँ द्विपक्षीय सम्झाैता गरि बर्षाैदेखि आखाँकाे राेगले पिडित स्थानीयबासीलाई नगरपालिकाकाे आर्थिक सहयोगमा सल्यक्रिया गर्दै आइरहेकाे जानकारी दिनुभयाे ।
अर्यालले विपन्न अतिविपन्न नागरिकको समेत बसाेबास रहेकाे यस पालिकाकाे स्थानीय जनतालाई अन्य क्षेत्रमा गएर आखाँकाे उपचार गर्दा लाग्ने खर्च भन्दा केही छुट दिएर आखाँकाे उपचारकाे व्यवस्था हुने कार्यविधि राख्न समेत डा. विनोद निता कण्डेल आखाँ अस्पतालसगँ आग्रह गर्नुभयाे ।
साथै उहाँले विभिन्न स्वास्थ्यका क्षेत्रमा उपचारका लागि स्थानीय सरकारले छुट दिदै आएकाे बताउदै , आँखा उपचार केन्द्रलाई बिस्तारै आँखा अस्पतालकाे रूपमा विकाश गर्दै लगिने समेत जानकारी दिनुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै नेपाल नेत्र ज्याेती संघ नवलपरासीका जिल्ला सभापति देवेन्द्रराज कण्डेलले सुनवल नगरपालिका सगँ सहकार्य गरि हजाराै आखाँकाे विरामीकाे चेकजाच गर्दै आएकाेले आगामी दिनमा पनि सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
सभापति कण्डेलले , डा. विनोद निता कण्डेल आखाँ अस्पताल परासीले दैनिक २ सय ५० भन्दा बढि आखाँका विरामीकाे चेकचाज गर्दै आइरहेकाे बताउदै अत्यधिक चापलाई मध्येनजर गरि साढे २ विगाहा जग्गामा ४८ कराेडकाे लागतमा आँखा अस्पताल निर्माणका लागि डिपिआर तयार भएकाे समेत जानकारी दिनुभयाे ।
लायन्स क्लब अफ सुनवलका पुर्ब अध्यक्ष गङ्गा चापागाईंकाे संचालन र संस्थापक अध्यक्ष बिष्णु प्रसाद चापागाईकाे स्वागत रहेकाे कार्यक्रममा नेपाल नेत्र ज्याेति संघ व्यवस्थापन समितिका अध्यक्ष मन्जु कण्डेल, जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पाैडेल, वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा,अर्जुनमान सैजु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

 

Leave A Reply

Your email address will not be published.