Jilla Ban Notis

दाउन्नेदेवि कलष्टर स्तरीय कक्षा ५ को नजिता प्रकाशन कार्यक्रम सम्पन्न

0 41

कृष्ण ढकाल
बर्दघाट,बैशाख–९
दाउन्नेदेवि कलष्टर स्तरीय कक्षा ५ को नजिता प्रकाशन तथा छात्रवृत्रि वितरण र सम्मान कार्यक्रय आईतवार सम्पन्न भएको छ । नजिता प्रकाश अनुसार शुक्र प्राथमीक बिधालय बर्दघाट १४ का प्रभा खनाल प्रथम,गङ्गा माबिकी आरुसी पाण्डे द्धितिय र दाउन्ने प्राबि बुद्ध बस्तीका विशेष चमार तृतियहुन सफल भएका छन ।

दाउन्नेदेवि कलष्टर स्तरीय कक्षा ५ को परिक्षामा राम्रो नतिजा ल्याउन सफल बिद्यार्थीहरुलाई युवा समाज सेवी तथा ब्यवसायी शिसिर सागर वि.क.ले स्कुल झोला,कपि ,कलम लगाएतका सामाग्रीहरु प्रदान गर्नु भएको थियो ।

त्यसेगरी कार्यक्रममा गरीव,विपन्न तथा जेहेन्दार १८ जना विद्यार्थीहरुलाई जनही ३ हजार नगर रुपैया बरावरको छात्रवृत्रि समेत प्रदान गरीएको थियो ।

बर्दघाट नगरपालिका वडा नं. १४,१५ र १६ अर्थात साविक दाउन्ने देवि गाविसक्ष्ँेत्रका रहेका ८ वटा सामुदायिक विद्यालयहरुमा अध्यनरत कक्षा ५ का विद्यार्थीहरुको परिक्षाको नतिजा प्रकाशन कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरको शैक्षिक विकासका लागि आफुहरुले कुनै पनि कुरामा कमीआउन नदिनेगरी अघिबढेको बताउनु भएको छ ।

वडा नं. १४ का वडाध्यक्ष सन्तु गाहाको अध्यक्ष्ँतामा भएको उक्त कार्यक्रममा नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय,सामाजिक विकस समितिका संयोजक भिमकाजि गुरुङ, सोमनाथ अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम बर्दघाट नगरपालिका वडा नं. १४ को सभा हलमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.