Jilla Ban Notis

हाटबजार स्तरिय उपभोक्ता सचेतना अभियान शुरु

0 30

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२

उपभोक्ता हकहित संरक्षण मञ्च बर्दघाट नगर कमिटिले आईतवार देखि हाटबजार स्तरिय सचेतना अभियान शुरु गरेको छ।  मञ्चका नगर अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता र बर्दघाट नगरपप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अभियानको समुदघाटन कार्यक्रममा नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्र प्रकाश उपाध्याय ,प्रमुख प्रशासकिय अधिकृत एवं खाद्यय निरिक्षक प्रकाश खनाल,वडा नं. ९ का वडा सदस्य दिपक खराल,पञ्चनगर बजार विकास समितिका अध्यक्ष रामजी चापागाई,सल्लाहकार गोविन्द पौडेल ,बर्दघाट प्रेस क्लबका सचिव प्रकाश न्यौपाने लगाएत मञ्चका कार्यसमिति सदस्यहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

अभियानको समुद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले उपभोक्ता र विक्रेता सबै सचेत नहुदा सम्म एक अर्कामा समस्या रहिरहने भएकाले दुबैपक्ष सचेत रहन जरुरी रहेको बताउनु भएके थियो ।

पञ्चनगरबाट शुरुगरीएको उपभोक्ता सचेतना अभियानमा बोल्दै नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्र प्रकाश उपाध्यायले ब्यवसायिहरुलाई पनि आफ्नो ब्यवसाय सञ्चालन गर्दा मर्यादित भएर सञ्चालन गर्न आग्रह गर्नु भएको थियो।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत एवं खाद्यय निरिक्षक प्रकाश खनालले उपभोक्ताहरुले खाद्यवस्तु खरीद गर्दा र बिक्रेताहरुले बिक्रिगर्दा ध्यान दिनु पर्ने कुराहरु देखि सेवनगर्दा हुने हानी नोक्सानी र फाईदाका वारेमा जानकारी गराउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै उपभोक्ता हकहित संरक्षण मञ्च बर्दघाट नगर कमिटिका अध्यक्ष हुमनाथ आचार्यले अनुगमन सम्वन्धी भैरहेका कामहरु र उपभोक्ता शिक्षाका वारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष आचार्यले गुणस्तरयि वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताहरुको संवैधानिक अधिकारलाई संरक्षण तथा सम्वद्र्धन गर्न उपभोक्ता हकहित संरक्षण मञ्च बर्दघाट नगर कमिटिले नगरका पाँच स्थानमा लाग्ने साप्ताहिक हाटबजारहरुमा सचेतना अभियान सञ्चालन गर्नेगरी पञ्चनगरवाट अभियान शुरु गरीएको जानकारी गराउनु भएको थियो ।

सचेतना अभियानका क्रममा उपभोक्ता तथा विक्रेताहरुलाई उपभोग्य वस्तुको शुद्धता,गुणस्तरीयता,वस्तुको मुल्य,एम.आ.पि.,नापतौल ,विक्रि अनुमति,दर्ता ,नविकरण लगाएतका बिषयमा जानकारी गराउने उद्धेश्यले पहिलो चरणमा साप्ताहिक हाटबजार स्तरीय सचेतना कार्यक्रम सञ्चालन गरीएको र दोस्रो चरणमा नगरका सबै सामुदायिक माबिहरुका कक्षा ८ र ९ का बिद्यार्थीहरुलाई उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरीने मञ्चका सचिव कुस्मकर ढकालले बताउनु भएको छ।

 

Leave A Reply

Your email address will not be published.