Jilla Ban Notis

सुसुकी कन्सलटेन्सी,बर्दघाटद्धारा जापान जाने विद्यार्थीहरुलाई सम्मान

0 184

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२०
नवलपरासी जिल्लाकै सर्वोकृष्ट कन्सलटेन्सी सुसुकी कन्सलटेन्सी,बर्दघाटले जापान जाने तयारीमा रहेका विद्यार्थीहरुलाई सम्मान गरेको छ । वर्ष सन २०२४ मा अप्रिल इन्टेक  सि.ओ.ई.प्राप्त गरेर जापान जाने तयारीमा रहेकाहरुलाई कन्सलटेन्सीले एक कार्यक्रमका बिच सम्मान गरेको हो ।

विद्यार्थीको रुचि र चाहाना अनुसार जापान जान चाहनेहरुका लागि सहजकिरणको काम गर्दै आएको सुसुकी कन्सलटेन्सी,बर्दघाटले सबैको साथ सहयोग र विश्वासका कारण अहिले सम्म परिणम समेत दिन प्रतिदिन उत्साहजनक हुदै गएकाले त्यसलार्इ सेवा र अवसरका रुपमा निरन्तरता दिने संचालक राजेन्द्र श्रेष्ठले बताउनु भएको छ।

शुरुमा आफु पनि जापानमा रहेर काम सिकेपछि स्वदेशमा आएर रोजगारी सृजना गरेको स्मरण गर्दै जापान जाने युवाहरुले उच्च शिक्षा सङ्गै कमाएको केहि पैसाले पछि स्वदेशमै आएर देशको लागि केहि गर्नुपर्ने उहाँको तर्क रहेको छ । यस वर्षको अप्रिल इन्टेकमा सुसुकी कन्सलटेन्सी,बर्दघाटबाट ठूलो संख्यामा विद्यार्थी उच्च शिक्षाको लागि जापान जाने सफल भएकाहरुलाई शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

पहिला बर्दघाट–४ लक्ष्मीनगरवाट मात्र सेवा दिइरहेको सुसुकी कन्सलटेन्सीले अहिले बर्दघाट–४ ,शान्तिनगर चोकमा सुसुकी –२ र भुमहि तथा सुनवलवाट समेत सेवा दिईरहेको र यसलार्इ अझ सुविधा युक्त बनाएर लैजाने संचालक श्रेष्ठले बताउनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.