Jilla Ban Notis

बर्दघाट नगर खेलखुद बिकास समितिद्धारा घाईते खेडालीलाई बिमा रकम उपलब्ध

0 19

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२
बर्दघाट नगर खेलखुद बिकास समितिले नगरका तर्फवाट खेल खेल्दा घाईते भएका खेलाडीलाई बिमावाट प्राप्त रकम हस्तान्तरण गरेको छ । बर्दघाट नगरकप खेल्ने क्रममा घाईते भएका बर्दघाट १४ गङ्गाबस्ति निवासी खेलाडी मनिष थारुलाई खेलाडी बिमाबाट प्राप्त ७० हजारको चेक रकम हस्तान्तरण गरेको हो । विहिवार नगर प्रमुख शम्भुलाल श्रेष्ठ तथा बर्दघाट नगर खेलखुद बिकास समितिका अध्यक्ष दिपक थापाले उक्त रकमको चेक हस्तान्त्रण गर्नु भएकोे हो ।

गत असोज ७ गते बर्दघाट १४ धर्मवस्तीमा भएको नगर कप खेल्ने क्रममा घाईते भएका खेलाडी चौधरीको घुडामा समस्या भएपछि भरतपुर स्थित एलाईभ अस्पतालमा शल्यक्रिया गरिएको थियो । बर्दघाट नगर खेलखुद बिकास समितिले नगरका खेलाडीहरुको युनिटेड अजोड ईन्स्योरेन्समा विमा गराएका कारण उक्त विमाबाट प्राप्त ७० हजारको चेक हस्तान्तरण गरीएको हो ।

बर्दघाट नगरपालिकाको उत्कृष्ट खेलाडीको रुपमा चिनिने मनिष थारु लाई उक्त चेक हस्तान्तरण गर्दै नगरप्रमुख श्रेष्ठले थोरै भएपनी बिमाले आर्थिक रुपमा खेलाडीलाई सहयोग पुग्नुका साथै उनिहरुको मनोबल उच्च राख्न मद्धत पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।
आगामी दिनमा खेलाडीको स्वास्थ्य सुरक्षाका निम्ति पनि योजना बनाएर अघि बढ्ने श्रेष्ठले बताउनु भयो । नगरका खेलखुद बिकास समिती संयोजक दिपक थापाले ३२ जना खेलाडीको सामुहिक दुर्घटना बिमा गरिएको जानकारी दिनुभयो । स्थानिय स्तरबाटै दक्ष खेलाडी उत्पादन हुने भएपनी नगरपालिकाको सिमित श्रोत र साधनकाका कारण खेलकुद र खेलाडीको संरक्षणमा चुनौती रहेको थापाको भनाई छ ।

Leave A Reply

Your email address will not be published.