Jilla Ban Notis

उपभोक्तालाई अधिकार प्रत्यायोजन गरिनु पर्छ ः हुमनाथ आचार्य

0 26

आज मार्च १५,विश्व उपभोक्ता अधिकर दिवस यस वर्ष Fair n responsible AI for Consumers भन्ने नाराकासाथ विश्व उपभोक्ता अधिकार दिवस मनाइदै छ।

संयुक्त राष्ट्रसंघले प्रतेक राष्ट्रलाई उपभोक्ता हित संरक्षण कार्ययोजना बनाई उपभोक्ता अधिकार दिवस मनाउन उत्प्रेरित गरेको छ। सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले मार्च १५ का दिन अमेरिकी कङ्गेसमा उपभोक्ताका अधिकारहरू घोषणा गर्दै उपभोक्ता अधिकारपत्र जारी गरेका थिए । उनले सुरक्षा ,सूचना ,छनोट र सुनुवाइलाई उपभोक्ताका ४ अधिकारको रूपमा घोषणा गरेका थिए ।

पछि यी ४ अधिकारका आधारमा सन् १९८५ मा संयुक्त राष्ट्रसंघले थप ४ अधिकारसहितको अनुवन्ध पारित गरेको थियो। पछि उपभोक्तासम्बन्धी संस्थाहरू पनि आवद्ध गर्ने सन्दर्भमा प्रतिनिधित्वको अधिकार पनि समावेश गरि उपभोक्ताका ९ वटा अधिकारहरू निर्दिष्ट गरिएका छन्-

१.सुरक्षाको अधिकार (Right to safety)

२.सूचित हुने अधिकार (Right to be informed)

३.छनोटको अधिकार (Right to choose)

४.सुनुवाइको अधिकार (Right to be fair hearing)

५.उपभोक्ता शिक्षाको अधिकार (Right to consumer education)

६.क्षतिपूर्तिको अधिकार (Right ti redress and compensation)

७.आधारभूत आवश्यकतामा पहुँचको अधिकार (Right to access of Basic needs)

८.स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार (Right to clean n healthy environment )

९.प्रतिनिधित्वको अधिकार (Right to representation)

उपभोक्तालाई सचेत र जागरुक बनाउने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादक, आयातकर्ता ,सञ्चयकर्ता, बिक्रेताजस्ता प्रदायकहरूको हो।वस्तु वा सेवाका उत्प्पदक, प्रदायक व बिक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनुपर्छ । उपभोक्ता बजारका सार्वभौम हुन । उपभोक्ता नभए बजार सन्चालन हुदैन ।

त्यसैले उपभोक्तालाई अधिकार प्रत्यायोजन गरिनु पर्छ।बजारमा उपभोक्ताको सम्मान गरिनु पर्छ भन्ने आजको दिनले निर्देश गर्दछ। विश्वमा बढ्दै गएको प्रदूषण र जलवायु परिवर्तनको कारणले मानव स्वास्थ्य कष्टकर बन्दै गएको छ।अब उपभोक्ताको अधिकारसङग जोडिएर स्वच्छ उर्जाको पनि बहस सुरुभएको छ।

दीर्घकालीन विकास योजनासङगै स्वच्छ उर्जा मार्फत उपभोक्ताहरूलाई सशक्त बनाउनेतर्फ लाग्नु आजको आवस्यकता हो।

यसै सन्दर्भमा नवलपरासीको उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिले बर्दघाट नगरपालिकाको सहकार्यमा आजकै दिनमा सामुदायिक सचेतना र अधिकार् संरक्षणको क्षेत्रमा महिला सचेतना तथा उपभोक्ता शिक्षा र विद्यार्थी सचेतना घोषणा गरिएको व्यहोरा जानकाारीकासाथ उपभोक्ता अधिकार स्थापित गर्न सन् २०२४ सफल रहोस् । विश्व उपभोक्ता अधिकार दिवसको हार्दिक शुभकामना । हुमनाथ आचार्य अध्यक्ष उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समिति बर्दघाट, नवलपरासी ।

Leave A Reply

Your email address will not be published.