Jilla Ban Notis

दिब्यज्योती बहुमुखि क्याम्पस,चिसापानीमा फुड फेस्टिभल कार्यक्रम सम्पन्न

0 112

कृष्ण ढकाल
दमार,फागुन–२३
दिब्यज्योती बहुमुखि क्याम्पस बर्दघाट–२ ,चिसापानीको कक्षा ११ का विद्यार्थीहरुले आज फुड फेस्टिभल कार्यक्रम सम्पन्न् गरेका छन । कक्षा ११र १२ संचालन समितिका संयोजक शुभाष चन्द्र जि।सि ।को अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फुड फेस्टिभल कार्यक्रममा बिद्यार्थीहरुले बनाएका बिभिन्न प्रकारका खानाका परिकारहरुको प्रदर्शनी तथा विक्रि गरीएको थियो ।
फुड फेस्टिभल कार्यक्रममा बिद्यार्थीहरुले नृत्य,गायन तथा रचना वाचन गरेका थिए भने क्याम्पस बयवस्थापन समितिले सोही अवसरमा बि.बि.ए. फस्ट सेमिस्टरको परिक्षामा जिल्लामा प्रथम हुन सफल सुस्मा रेग्मी र नेपालमा नै तृतीय हुन सफल नविद गुप्तालाई सम्मान गरेको थियो ।

फुड फेस्टिभल कार्यक्रमका बोल्दै प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले बिदेशमा पसिना बगाउने खालको शिक्षा नलिएर अब स्वदेशमै काम गर्ने र रोजगारी दिन सक्नेगरी खालको अध्ययन गर्न र गराउनका लागि आग्रह गर्नु भएको थियो । नगरको तर्फवाट शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधारतर्फ सहयोग गरीरहेको र अबका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गुर्न भएको थियो ।

त्यसैगरी कार्यक्रममा बर्दघाट नगरका पहिलो नगर प्रमुख धिरज शर्मा बस्याल, सामाजिक बिकास समितीका संयोजक भिमकाजी गुरुङ ,क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेल क्याम्पस प्रमुख सागरमणी पाण्डे,क्याम्पस ब्यवस्थापन समितीका पदाधिकारीहरु,प्राध्यापकहरु र स्व।बि।यु। नेता तथा विद्यार्थीहरुको सहभागीतामा फुड फेस्टिभल कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम विद्यार्थी सुस्मा रेग्मीले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको संयोजन होटेल म्यानेजमेन्टका शिक्षक रामु भन्डारीले गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.