Jilla Ban Notis

मगरहरु समृद्धहुन नेपालका सबै मगरहरु एकहुन जरुरी छ ः विमल सारु मगर

0 81

कृष्ण ढकाल

बर्दघाट,फागुन–१५

मगरहरु समृद्धहुन नेपालका सबै मगरहरु एकहुन जरुरी रहेको नेपाल मगर संघका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज  विमल सारु मगरले बताउनु भएको छ । नेपाल मगर संघ बर्दघाट नगर समितिले आज बर्दघाटमा आयोजना गरेको ४२औं राष्ट्रिय मगर एकता दिवसको कार्यक्रमलाई सम्बोधनगर्दै  केन्द्रिय सचिव सारु मगरले उक्तकुरा बताउनु भएकोहो ।

नेपालमा प्रजातन्त्र ल्याउने देखि गणतन्त्र ल्याउने सम्मका ऐतिहासिक कार्यमा मगरहरुको ठूलो योगदान रहेको नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय कोषाध्यक्ष समेत रहनु भएका विमल सारुको भनाई रहेको थियो । नेपालमा झन्डै २१ लाखबढी जनसंख्या रहेको मगरहरुको संस्कृति विश्वमै सबैभन्दा महत्वपूर्ण रहेकाले तिनको कल्चरका वारेमा अध्ययन गर्न अन्राष्ट्रि ब्यक्तिहरु नेपालमा आउने गरेको उहाले धारणा राख्नु भयो ।

कार्यक्रममा,नेपाल मगर संघ,लुम्बिनी प्रदेश समिति सदस्य तथा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष तारा राना मगर,बर्दघाट नगरपालिकाका पहिलो नगर प्रमुख धिरज शर्मा बस्याल,नगर प्रवक्ता तथा वडाध्यक्ष सन्तु गाहा,भिमकाजी गुरुङ लगाएत नगरका बिभिन्न राजनितिक दलका नेताहरुले आ आफ्नो भनाई राख्नु भएको थियो ।

नेपाल मगर संघ बर्दघाट नगर समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा  बर्दघाट नगरका मगरहरु मध्ये कर्मचारी तर्फ लोकसेवा आयोगको सातवटा तहमा एकै पटक नाम निकाल्न सफल खुशी बुढा मगर, तार्केश्वर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नियुक्त हुनुभएका गिमन थापामगर,बर्दघाट नगरपालिका वडा नं. १ की वडा सचिव नरीसरा गाहामगरलाई नेपाल मगर संघ बर्दघाट नगर समितिले सम्मान गरेको थियो ।

त्यसैगरी मगर महिला उद्यमी तर्फ दया दुना टपरी उद्योगका सञ्चालक दया दर्लामीलाई सम्मान गरीएको थियो भने माध्यामिक तह प्लस टू  र एस.ई.ई. मा बर्दघाट नगरभरीबाट सर्वाेकृष्ट नम्वर ल्याएर पासहुन सफल १/१ जना मगर बिद्यार्थीलाई सम्मान गरीएको थियो ।

नेपाल मगर संघ बर्दघाट नगर समितिका उपाध्यक्ष भरत कामु मगरको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा ७४ बर्ष देखि ९१ बर्ष उमेर सम्मका बर्दघाट नगरका १६ जना जेष्ठमगरहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरीएको थियो ।

बर्दघाट–४,हरियालीनगरको बर्दघाट मण्डबमा आयोजना गरीएको कार्यक्रममा राष्ट्रिय गायिका प्रिति आले मगर र सुरेश अञ्जान मगरको गायन प्रस्तुती रहेको थियो भने साथमा मगरको संस्कृति भुमे पर्वको नृत्य,कौडा नृत्य,झ्याउरे नाच,सालैजो लगाएतका गितहरुमा नृत्य प्रस्तुत गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.