Jilla Ban Notis

अभियन्ता ई.आज बर्दघाटमा

0 155

कृष्ण ढकाल
बर्दघाट,फागुन-१
सडक व्यापारीलाई बिना बिकल्प राज्यले गरेको असमान ब्यवहार लगाएतका तीन बुँदे माग लिएर पैदल यात्रा सुरु गरेका अभियन्ता ई.आज बर्दघाट आईपुग्नु भएको छ।
बर्दघाटमा अभियान्ता ई.ले स्थानिय युवाहरुसंग भेटघाट गर्नुका साथै सुझाब संकलन समेत गर्नु भएकाे थियाे ।
लुम्बिनीबाट सिंहदरबार पैदलयात्रा शुरु गर्नुभएका ई आज तेस्रो दिन यहाँ आईपुग्नु भएको हो । सडक व्यापारीलाई बिना बिकल्प राज्यले गरेको असमान ब्यवहारका विरुद्धमा आफुले पैदल यात्रा सुरु गरेको उहाँकाे भनाइ रहेकाे छ ।
सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवाद उन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आमजनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न अब यस विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउन ई ले लुम्बिनीको मायादेवी देखि सिंहदरबार सम्मको पदयात्रा तय गरेको बताउनु भएको छ ।अभियन्ता ई लाई विभिन्न ठाउँबाट नागरिकहरूले समर्थन गरिरहेका छन ।
९ दिनको दिन सिंहदरबार पुगेर तीन बुँदे प्रतिवेदन बुझाउने तयारी रहेको छ । उहासँगै लुम्बिनीबाट अन्य अभियन्ताहरु पनि ई सगै सहभागी भएका छन ।

Leave A Reply

Your email address will not be published.