Sarawal sit lahar Notis

जनयुद्ध दिवसको पूर्वसन्ध्यामा बर्दघाटमा दीप प्रज्वलन ।

0 14

 

बर्दघाट, माघ–२९
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाले संस्थागत भष्ट्राचारका बिरुद्ध स्थानीयस्तरमा जनप्रतिरोध शुरु भईसकेको बताउनुभएको छ । सोमवार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन नवलपरासी समितिद्वारा जनयुद्धको २९ औं दिवसको पूर्वसन्ध्यामा बर्दघाटमा आयोजित दीप प्रज्वलनमा उहाँले यस्तो बताउनुभएको हो ।

पार्टीले देशैभर भष्ट्रहरु माथि जनप्रतिरोध शुरुवात गरेको पार्टीका जिल्ला ईन्चार्ज समेत रहनुभएका थापाले बताउनु भएको िथयो । उहाँले भष्ट्र तथा तस्करहरुलाई पार्टीले जनकारवाही गर्दै अगाडि बढने , बित्तीय शोषण बिरुद्ध समेत पार्टी आन्दोलनमा रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा अखिल ९क्रान्तिकारी०का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले माफियाकरणका बिरुद्ध क्रान्तिकारी युवा बिद्यार्थीहरुको एकताबद्ध भएर लागेको उल्लेख गर्नुभयो ।

दीप प्रज्वलन कार्यक्रम जिल्ला ईन्चार्ज थापा , केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय र सहसंयोजक गणेश बहादुर ढकालले संयुक्त रुपमा दीप बालेर गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.