Jilla Ban Notis

सूर्यनगर गोल्डकप शुरु ,पहिलो दिनको खेलमा नवलपरासी ११ विजयी

0 56

कृष्ण ढकाल
बर्दघाट, माघ–२९
८ औंंं सस्करणको सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता आज देखि शुरु भएको छ । लुम्बिनी प्रदेशकै दोस्रो सर्वाधिक पुरस्कार राशीको उक्त फूटबल प्रतियोगितामा नेपालका ८ टिमले सहभागिता जनाएका छन।
प्रतियोगिताको आज पहिलो दिनको खेलमा नवलपरासी ११ विजयी भएको छ ।
नवलपरासी ११ र तनहु ११ बीच भएको खेलमा प्रतियोगीता शुरु भएको ३ मिनेटनै तनहु ११ का जर्सी नम्बर ११ का खेलाडी यामिले पहिलो गोल गर्न सफल भएका थिए । त्यसैगरी १० औं मिनेटमा नवलपरासी ११ कै खेलाडी जर्सी नम्बर १० का बिनोद केवटले गरेका थिय भने खेलको २७औ मिनेटमा तनहु ११ का खेलाडी जर्सी नम्बर १४ का अजित लामा र ३९ मिनेटमा नवलपरासी ११ का जर्सी नम्बर १२ का अनिल ब्यम्बु ले गोल गरि बराबरी भयका थिय भने खेलको दोस्रो हाफको ३८औ मिनेटमा नवलपरासी ११ का जर्सी न ९ का जुनियर फोफोनाले गरेको तेस्रो गोलनै नवलपरासीका लागि निर्णायक गोल बन्न पुगेको थियो । आजको खेलमा नवलपरासी ११ का खेलाडी जर्सी नम्बर ५का जय गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् ।

ए डिभिजन लिगका राष्ट्रिय तथा अन्तर्रास्ट्रिय खेलाडीहरुको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिताको विजेता टिमले ५ लाख नगद र उप–विजेता टिमले ३ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर–१६ मा रहेको नवयुवा क्लबको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सूर्यनगर गोल्डकप सञ्चालन हुदै आएको छ ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख अतिथिमा भएको प्रतियोगिता समुउद्धघाट्न कार्यक्रममा उप प्रमुख रुद्र प्रकाश उपध्याय लगाएको उपस्थिती रहेको थियो । बर्दघाट नगरको चिनारीसंग जोडिएको सूर्यनगर गोल्डकप सूर्यनगर रङ्गशालामा सञ्चालन भैरहेको छ । भोलिको खेल नेपाल पुलिस क्लब र बार्सा नेपाल काठमाडौ बिच हुने खेल सम्योजक भरत गुरुङले बताउनु भयो।

Leave A Reply

Your email address will not be published.