Jilla Ban Notis

देशको अवस्था सुधारका लागि एकमात्र विकल्प नेकपा एमाले ः ईश्वर पोखरेल

0 40

परासी,माघ–१९
देशको अवस्था सुधारका लागि एकमात्र विकल्प भनेको नेकपा एमाले सरकारमा आउनु वाहेक अर्काे विकल्प नरहेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व सासंद ईश्वर पोखरेलले बताउनु भएको छ ।
आज पश्चिम नवलपरासीको रामग्राम स्तुपाको अवलोकनका लागि आउनु भएका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व सांसद पोखरेलले सो कुरा बताउनु भएको हो ।

देश बनाउने योजना नेकपा एमालेसंग जस्तो अरुसंग नरहेको बताउदै नेता पोखरेलले अहिले देशको अवस्था दिन प्रतिदिन कम्जोरु हुदै गएको बताउनु भयो । जबसम्म नेकपा एमालेले बहुमतको सरकार बनाउ सक्दैन तबसम्म देशको मुहार नफेरीने उहाँको भनाइ रहेको थियो ।
राष्ट्रिय राजनीतिलाइ ठीक ठाउँमा ल्याउनका लागि आर्थिक विकास समृद्धिमा एमाले केन्द्रित रहेको पोखरेलको भनाई रहेको छ । हिजोको दिनमा राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयमा जसरी एमाले सरकार अगाडि बढेको थियो अहिले छोडिदै गएको अवस्थाको सृजना भएको उहाँले बताउनु भयो।

नेकपा एमाले सरकारमा रहँदा ८ वटा ठाउँमा औद्योगिक क्षेत्रहरु निर्माण गर्ने थालनी गरेको स्मरण गराउनु भयो । यूवाहरुलाइ रोजगार दिने एउटा आधार औद्योगिक क्षेत्र रहेकोले उक्त कुराहरु लागु गर्न नसक्दा यूवा पलायन भइरहेको उहाँको भनाइ रहेको थियो । सरकारमा रहँद ७५३ पालिकामै औद्योगिक क्षेत्र बनाउने तर्फ एमाले लागेको थियो अहिले ति सबै कामहरुलाइ प्राथमिकमा नदिएको उहाँले बताउनु भएको छ । हुलाकि राजमार्ग अहिलेसम्म पनि बन्न नसकेको साथै सिमा नाकालाइ शुरक्षित गर्न नसकेकेको देशको अवस्था सुधारका लागि अब नेकपा एमाले जनताको बीचमा जान चाहेको उहाँको भनाइ रहेको थियो ।

रामग्राम नगरपालिकाको सभाहलमा गरिएको पत्रकार सम्मेलन अघि बरिष्ठ उपाध्यक्ष पोखरेलले रामग्राम स्तुपाको अवलोकन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.