sunwal

बर्दघाट नगरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा करिब ११ सय विद्यार्थीहरु सहभागी

125

कृष्ण ढकाल
बर्दघाट,माघ १८

बर्दघाट नगर स्तरिय अन्तर विद्यालय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज (बुधबार) दोस्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन । भलिबल, कबड्डी, दौड, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेलहरु सम्पन्न भएको खेल अफिसियल बिनोद ज्ञवालिले जानकारी दिनु भयो । ज्ञवालीका अनुसार छात्रा भलिबलमा १३ टिमहरु सहभागी रहेका थिए ।

रनिङ शिल्ड प्रतियोगितामा संस्थागत र सामुदायिक गरि २४ वटा विद्यालयहरुबाट करिब ११ सय विद्यार्थीहरु सहभागी रहेका छन । बुधबार देखी सुरु भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बर्दघाट नगरपालिकाको आयोजनामा र न्यु लाइफ माध्यमिक विद्यालयको सञ्चालनमा बर्दघाट–४,क्याम्पा चौरमा सञ्चालन भैरहेको छ ।

प्रतियोगिता भोलि (शुक्रवार) समापन गरिने तयारी गरीएको न्यु लाइफ माध्यमिक विद्यालयका प्रध्याना ध्यापक सन्तोष अधिकारीले जानकारी दिनु भएको छ ।

बर्दघाट नगरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा नगरका २४ विद्यालय सहभागि भएका छन। २१ वटा संस्थागत र ३७ वटा सामुदायिक गरी ५८ वटा विद्यालयहरु बर्दघाट नगरमा रहेका छन ।