Sarawal sit lahar Notis

पञ्चनगर स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न ।

0 119

कृष्ण ढकाल
बर्दघाट,माघ– १८
पञ्चनगर स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । पञ्चनगर स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता र सहजकर्ता हेम बहादुर क्षेत्रीको सञ्चालनमा उक्त सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

पञ्चनगर स्वास्थ्य चौकीले प्रदान गरेका सेवा,सुविधा तथा सन्तुष्टिको बारेमा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सेवालाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

सामाजिक परिक्षण कार्यक्रममा पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बाबुराम तिमिलसिनाले स्वास्थ्य चौकीको अवस्था,ब्यवस्था र सेवाका वारेमा जानकारी गारउनु भएको थियो भने स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष चापागाईले अहिले सम्म नितिगत रुपमा आफुले गरेका कामहरुका वारेमा जानकारी गराउनु भएको थियो।

बर्दघाट नगरका अन्य स्वास्थ्य चौकी भन्दा फरक र ब्यवस्थीत बनाएर नगरकै नमुना स्वास्थ्य चौकीका रुपमा पञ्चनगर स्वास्थ्य चौकी बनाउने योजनामा आफु अघि बढेको बताउनु भएको थियो । त्यसका लागि कर्मचारीहरुले साथदिन जरुरी रहेको बताउदै अब अगामी साउन महिना देखि नयाँ भवनमा बर्थीङ्ग सेन्टर समेत सञ्चालन गर्ने तयारी गरिएको जानकारी गराउनु भएको थियो ।
दुई जना डाक्टरलाई आवासिय ब्यवस्था र कार्यक्रम गर्न हलको समेत ब्यवस्था हुने गरी नयाँ भवन तयार भएको बताउदै ओ.पि.डि. सेवाका लागि एक जना डाक्टरको समेत ब्यवस्था गर्ने सोँचसहित अघि बढेको अध्यक्ष चापागाईले बताउनु भयो ।

फरक प्रसंगमा वडाध्यक्ष चापागाईले बर्दघाट नगरका सबै वडाका स्वास्थ्य चौकीमा कर्मचारी मात्र भएको तर सेवाग्राहीको संख्या कम भएको बतउनु भएको थियो । पहिलो कार्यकालमा नगरका सबै वडामा वडैपिच्छे स्वास्थ्य चौकी बनाउनु भन्दा चार कलस्टरमा भएका स्वास्थ्य चौकीलाई थप ब्यवस्थीत बनाउन लागौं भन्ने प्रस्ताव आफुले लगेको भएपनि स्थानिय सरकारवाट सुनुवाई नभएका कारण अहिले नगरले बढी कर्मचारी पाल्नु पर्ने भएको बताउनु भयो ।

वडा सदस्य बालिन्द्र बिक्रम शाहीले वडा कायार्लयको वाषीर्क कार्ययोजना जेष्ठ नागरिकलाइ घर घरमा पुगेर दिने स्वास्थ्य सेवा प्रभावकारी भएको बताउनु भएको थियो । त्यसैगरी पञ्चनगर स्वास्थ्इ चौकीमा सबैले सेवाका वारेमा प्रचार गर्ने र सेवालिन आउने बातावरण सृजना गर्नु पर्ने बताउनु भएको थियो । उहाँले अहिले बनदै गरेको नषँ भवन मात्र राम्रो हैन सेवा पनि राम्रो हुनु पर्ने भएकाले सबैको सल्लाह र सुझाबको आवश्यक्ता रहने बताउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले बर्दघाट नगरमा ५ वटा बर्थिङ सेन्टर रहेको बताउदै स्वास्थ्य सेवा कहिल्यै पुरा नहुने भएकाले सेवालाई थप प्रभावकारी बनाउदै लैजानु पर्नेमा जोडदिनु भएको थियो । बर्दघाट नगरले आधारभुत ल्याप सेवा निःशुल्क दिएको उहाँले बताउनु भयो । स्वास्थ्य चौकी भनेको सामान्य रोकथाम मुलक सेवा दिने काम स्वास्थ्य चौकिले गर्ने भएकाले सबै सेवा स्वास्थ्य चौकीवाट आशगर्न पनि नहुने बताउनु भएको थियो । सहभागिहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा ज्ञवालीले नगरले ओैषधि खरिदमा ईटेन्डर गर्दा कोटेशन नपरेका कारण केहि ढिला हुने गरेको बताउनु भएको थियो ।

पञ्चनगर स्वास्थ्य चौकीको सहयोग र ईन्द्रेणी सामाजिक विकास मञ्चको आयोजनामा सम्पन्न गरीएको सामाजिक परिक्षण कार्यक्रममा बर्दघाट स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत कृष्णहरि पौडेल , पञ्चनगर स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिका सदस्य हरिलाल भट्टराई,नेपाल रेडक्रश सोसाईटी पञ्चनगर उपशाखाका अध्यक्ष बालाकृष्ण लम्साल,वडा सचिव हिमा कुमारी वन,टोल विकास समितिका अध्यक्ष अध्यक्ष पूर्ण बहादुर वि.क. लगाएत पत्रकारहरुको सहभगिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.