Jilla Ban Notis

रामग्राम स्तुप क्षेत्र निजि कम्पनीलाई लिजमा दिने निर्णय प्रति विरोध शुरु  

0 57

कृष्ण ढकाल

बर्दघाट,माघ १६

गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुप क्षेत्रको उत्थान,संरक्षण तथा सम्वद्धनका लागि भन्दै निजि कम्पनीलाई लिजमा दिने निर्णय प्रति नवलपरासीका बिभिन्न संघ संस्था र संगठनहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन ।

नेकपा एमालेको भात्रृसंगठन राष्ट्यि युवा संघ नेपाल ,नवलपरासीका अध्यक्ष धनप्रसाद भट्टराई र अनेरास्ववियु नवलपरासीका अध्यक्ष निरज खड्काद्धारा संयुक्त रुपमा हस्ताक्षर विज्ञप्तीमा विना प्रतिष्प्रधा निजि कम्पनीलाई जिम्मा दिन गरीएको निर्णय प्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।

यस प्रकारका निर्णयहरुले स्वयम सरकार नै माफियाहरुको पक्षमा रहेको र भ्रष्टाचार र अनियमिततालाई प्रसयदिनमा संलग्न भएको प्रस्ट हुने भन्दै तत्काल यस प्रकारको पदको दुरुपयोग गरी गरीएका निर्णयहरु वदर गर्ने र नितिगत रुपमा प्रतिष्प्रर्धामा अगाडी बढाउन विज्ञप्ती मार्फत माग गरेका छन । अन्यथा कडा आन्दोलनमा जाने विज्ञप्ती मार्फत चेतावनी समेत दिएका छन ।

त्यस्तै

रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था रामग्राम ७ उजैनिले  पनि विज्ञप्ती जारी गरी लुम्बिनी विकास कोषले २०८० असोज २१ गतेको बैठकको निर्णयले गौतम बुद्धको अस्तिधातु रहेको स्थल रामग्राम स्तुप क्षेत्रको उत्थान,संरक्षण,संवद्र्धनका लागि निजि कम्पनी द प्रोमिसेड लेन्ड प्रा.लि.लाई लिजमा दिएको भन्ने प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाका अध्यक्ष शम्भु उपाध्यायद्धारा जारी विज्ञप्ती मार्फत संस्थाको ध्यानाकर्षण भएको जनाईएको छ ।

 

Leave A Reply

Your email address will not be published.