Jilla Ban Notis

माघ १३ गते देखि “ पालडाँडा कप २०८०” सञ्चालन हुने ।

0 117

कृष्ण ढकाल
बर्दघाट,माघ १०

सगरमाथा सामुदायिक विकास प्रतिष्ठान बर्दघाट ५, पालडाँडाको आयोजनामा सञ्चालन गर्न लागिएको “ पालडाँडा कप २०८०” को तयारी अन्तीम चरणमा पुगेको छ ।
यहि माघ १३ गते देखि सञ्चालन हुने पालडाँडा कप २०८० का लागि आयोजक संस्थाले खेल मैदानको तायरी गर्ने देखि प्रचार प्रसार र खर्च ब्यवस्थापनको कामलाई अन्तीम चरणमा पुराएको आयोजक संस्थाका अध्यक्ष गंगा बहादुर भण्डारी क्षेत्रीले बताउनु भएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशका १० टिमलाई मात्र सहभागि गराएर सञ्चालन गर्न लागिएको उक्त फूटबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५१ हजार शिल्ड,मेडल र प्रमाण पत्र तथा द्धितिय पुरस्कार ७५ हजार ५ सय शिल्ड,मेडल र प्रमाण पत्र रहेको खेल संयोजक कुल प्रसाद गुरुङले बताउनु भएको छ ।

त्यसैगरी प्रतियोगितामा गोल किपर,डिफेन्स,मिड फिल्डर,सर्वाधिक गोलकर्ता,म्यान अफ दि सिरिज र प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कार दिने ब्यवस्था समेत मिलाईएको संयोजक गुरुङले जानकारी दिनुभयो ।

माघ १३ गते शुरु गरी २२ गते फाईनल गर्ने तयारीका साथ अघि बढेको “ पालडाँडा कप २०८०” को टाईसिट अनुसार पहिलो दिन बि.पि. स्मृति युवा क्लब माकर र सयपत्री युवा क्लब बुटवल बिचको खेल हुने छ ।

प्रतियोगितामा २८ बिगाहा युवा क्लब कावासोती,फर्साटिकर युवा क्लब रुपन्देही,देबदह ब्याईज रुपन्देही,सगरमाथा सामुदायिक विकास प्रतिष्ठान,बर्दघाट,डि.वाई.डि.ए. दुम्किवास,समपूर्ण युवा क्लब सुपौली,सिद्धार्थ क्लब रुपन्देही र अभिषेक चर्च रजहरले प्रतिष्प्रर्धा गर्ने खेल सह संयोजक राजेन्द्र गुरुङले बताउनु भएको छ ।

शान्ति निकुञ्ज माबिसंगै रहेको पाल्डाँडा खेल मैदानमा हुने उक्त फुटवल प्रतियोगिता फिफाको नियम अनुसार सञ्चालन गर्ने र म्यानेजर तथा प्रशिक्षक सहित खेडालीको संख्या २० जना मात्र सहभागि गराउने गरी प्रतियोगिता सञ्चालन हुदैछ ।
निक्कै मिहिनतका साथ ठुलो धनराशी पुरस्कारको ब्यवस्था गरेर पहिलो पटक शुरु गरीएको “ पालडाँडा कप २०८०” ले गाउँको पहिचानसंगै नयाँ खेडाली उत्पादनमा समेत थप हौसला प्रदान गर्ने पाल्डाँडा निवासी एवं बर्दघाट नगर खेलकुद विकास समितिका संयोजक दिपक थापाले बताउनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.