Jilla Ban Notis

अबको शिक्षा ब्यवसायिक र वैज्ञानिक हुन जरुरी छ ः प्रदेश प्रमुख शेरचन

0 95

कृष्ण ढकाल
बर्दघाट ,पुष १५
अबको शिक्षा ब्यवसायिक र वैज्ञानिक हुन जरुरी रहेको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बताउनु भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट ९ पञ्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माबिको स्वर्ण जयन्ती समारोहको समुदघाटन कार्यक्रमलाई सम्बोधनगर्दै प्रदेश प्रमुख शेरचनले उक्त कुरा बताउनु भएको हो ।
ब्यवसायिक र वैज्ञानिक शिक्ष्ाँ विना कुनैपनि मुलुक अघिबढ्न नसक्ने भएकाले पढेका विद्यार्थीहरुले आफ्नो पढाईलाई ब्यवहारमा उतारेर परिणम दिनसके मात्र मुलुक समृद्धि तर्फ अघि बढ्ने प्रदेश प्रमुख शेरचनले बताउनु भएको थियो ।
नेपालको शिक्षा ब्यवसायिक र वैज्ञानिक हुन नसक्दा परिणाम आउन नसकेको उहाँको भनाई रहेको थियो ।
त्यसैगरी संघिय सांसद सरिता भुषालले शिक्षामा नैतिकता र आर्दशता हराउदै गएको बताउनु भएको छ । शिक्षामा हराउदै गएको नैतिकता र आर्दशलाई बचाउने खालको शिक्षा अहिलेका बिद्यार्थीहरुलाई प्रदान गर्न जरुरी रहेको सांसद भुषालले बताउनु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै पूर्व मन्त्री हृदेश त्रिपाठीले नेपालमा अहिलेको शिक्षा खस्कनुको कारण र बिद्यार्थीहरु विदेशतिर पलायनहुनुको कारण खोज्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।
राजा महात्मा पूर्णभद्र माबि स्वर्ण जयन्ती मुल समारोह समितिका संयोजक बिक्रम खनालको अध्यक्ष्ँतामा भएको कार्यक्रममा,संविधान सभा सदस्य सिता बौडेल,लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक,बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ लगाएतले बोल्नु भएको थियो ।
पौष २१ गते सम्म सञ्चालन रहने स्वर्ण जयन्ती महोत्सबमा बिभिन्न कार्यक्रम तथा प्रतियोगिताका समावेस गरीएका छन ।

Leave A Reply

Your email address will not be published.