Jilla Ban Notis

सुनवलमा बर्थीङ्ग सेन्टरको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न् ।

0 30

कृष्ण ढकाल
सुनवल,पौष–११
शहरी स्वास्थ्य सेवा केन्द्र सुनवल–१ कोे आयोजना र ग्रिन तारा नेपालको समन्वयम बर्थीङ्ग सेन्टरको सेवा र त्यसको प्रभावकारीका विषयमा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न् भएको छ ।
शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष एवं सुनवल नगरपालिका वडा नं. १ का वडाध्यक्ष मन बहादुर थापाको अध्यक्षता र सुनवल नगरपालिका की नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा भएको सामाजिक लेखापरिक्षण कार्यक्रममा ,प्रमुख प्रशासकिय अधिकृत चेत नारायण गीरी,वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पंगेनी लगाएतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा बोल्दै नगर प्रमुख बिमला अर्यालले सुनवल वडा नं. १,४,१०,६,३,२,११,१२ र १३ सहित वडा नं. ९ का केहि नगरवासीहरुलाई शहरी स्वास्थ्य सेवा केन्द्र वडा नं. १ वाट बर्थीङ्ग सेवा र ल्यापको सेवा प्रदान गर्र्दै आएको बताउनु भएको थियो ।
उहाँले शहरी स्वास्थ्य सेवा केन्द्रको बर्थीङ्ग सेन्टरमा सेवा लिन आउने प्रसुती र सुत्केरी महिलाहरुलाई लक्षीत गरी सुनवल नगरले एम्बुलेन्सको निःशुल्क ब्यवस्था गरेकोे समेत जानकारी गराउनु भएको थियो ।


शहरी स्वास्थ्य सेवा केन्द्रका महिला कर्मचारीहरु र अन्य सेवाग्राहीहरुको सुरक्षाको लागि तत्काल रात्रीकालिन सुरक्षा गार्डकको ब्यवस्था गर्ने प्रतिबद्धता जाहेर समेत गर्नु भएको थियो ।
नगर प्रमुख अर्यालले गर्भवती,प्रसुती र सुत्केरी अवस्थाका महिलाहरुले सम्मानित र गुणस्तरीय सेवा पाउने हरेक महिलाहरुको अधिकारलाई स्थापित गर्न ग्रिन तारा नेपालले सुनवलको बर्थीङ्ग सेन्टरमा सम्मानजनक मातृ तथा नवजात शिशु स्वास्थ्य प्रवर्धन परियोजना सञ्चालन गरेको प्रति धन्यवाद प्रकटगर्दै आगामि दिनमा परियोजनाको समय थपगर्न आग्रह गर्नु भएको थियो ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा शहरी स्वास्थ्य सेवा केन्द्र सुनवलकी सिनियर अनमि निरिक्षक यमकला न्यौपानेले बर्थीङ्ग सेन्टरले गरेका कार्य र त्यसको प्रभावकारीताका वारेमा ,ग्रिन तारा नेपालकी फिल्ड म्यानेजर कोपिला श्रेष्ठलेमा सम्मानजनक मातृ तथा नवजात शिशु स्वास्थ्य प्रवर्धन परियोजनाका वारेमा र सामाजिक लेखापरिक्षक कुस्माकर ढकालले परियोजनाको फिल्ड अनुगमनमा देखिएको प्रभावकारीताका वारेमा आ–आफ्नो प्रस्तुती प्रतुत गर्नु भएको थियो ।
कार्यक्रममा सहभागि सरोकारवालाहरुले शहरी स्वास्थ्य सेवा केन्द्र सुनवलमा रात्रीकालिन सुरक्षा र कुरुवा बस्नेहरुका लागि समस्या रहेको औलाएका थिए ।

Leave A Reply

Your email address will not be published.