Jilla Ban Notis

विश्व शान्तिको कामनागर्दै प्रधानमन्त्री प्रचण्डद्धारा रामग्राम स्तुपबाट दिप प्रज्वलन

0 33

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२६
भगवान गौतम बुद्धको अस्तु धातु रहेको पश्चिम नवलपरासीको रामग्राम ७ उजैनीको रामग्राम स्तुपबाट प्रधानमन्त्री पुस्पकमल दाहादल प्रचण्डले विश्व शान्तिको कामना गर्दै आज विहान १२ बजेर १२ मिनेटमा दिप प्रज्वलन गर्नुभएको छ । प्रद्यानमन्त्री प्रचण्डको जन्मदिन पारेर आयोजना गरीएको उक्त कार्यक्रमलाई सम्बोधनगर्दै प्रद्यानमन्त्री प्रचण्डले बुद्धको सन्देश अहिले विश्वभरीनै आवश्यक रहेको बताउनुभयो । मानव जाती रहेसम्म बुद्धले दिएको शिक्षा र सन्देश अनुकरणिय रहिरहने बताउँदै उहाँले विश्व समुदायलाई विकासको मार्ग साथ साथै शान्तिको अपिल समेत गर्नुभएको थियो । विकास संग संंगै शान्तिका लागि एकजुट हुन आग्रह गर्दै उहाँले रामग्रामबाट धार्मिक, पर्यटन, सामाजीक र आर्थिक विकास गर्न सकिने बताउनु भयो ।
आफुले पहिलोपटक प्रधानमन्त्री हुँदा ग्रेट लुम्विनी डेभलवमेन्ट प्लान अनुसार लुम्विनी, रामग्राम र तिलौराकोटलाई जोडेर धार्मिक तथा पर्यटकिय विकास गर्नका लागि पहल गरेको बताउनु भयो । उहाले भारतिय सम्राट अशोकले ठुलो युद्ध पश्चात शान्ति प्राप्तिका लागि नेपालको लुम्विनीमा आई अशोक स्तम्भ खडा गरी शान्तिको कामना गरेको स्मरण गराउादै प्रधानमन्त्री प्रचण्डले आफु पनि देशमा परिवर्तनका लागि युद्ध गरेको र युद्ध पश्चात निरन्तर शान्तिको लागि लागिरहेको बताउनु भयो ।
आफुले कहिले शान्तिको लागि संयुक्त राष्ट्रसंघ देखी लिएर विभिन्न राष्ट्रहरु संग कुटनैतिक तवरले दिगो शान्तिका लागि निरन्तर लागिरहेको र नेपालको विकासका लागि धार्मिक क्षेत्रको प्रवद्र्धनमार्फत पर्यटकिय क्षेत्रको विकास गर्न सकिन्छ मा आफु विश्वस्त रहेको धारणा समेत राखनु भएको थियो ।


पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतमबुद्धको सन्देश फैलाउँदै नेपाललाई बुद्ध सर्किटको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले रामग्राम र गौतम बुद्ध संग सम्बन्धीत ठाउँहरुको अन्तराष्ट्रिय स्तरमा प्रचार गर्न सके लाखौं पर्यटक भित्राउन सकने भएकोले त्यका लागि आवश्यक पुर्वाधार विकासका लागि सरकाले काम गरिरहेको जानकारी गराउनु भएको थियो ।

त्यस्तै पतञ्जलीका योग गुरु आचार्य बालकृष्णले नेपाललाई भगवान गौतम बुद्धको देश भनेर विश्व सामु चिनाउनु जरुरी रहेको बताउनुभयो । आफ्नो सम्पत्तिलाई रक्षा गर्न जसरी लागिन्छ त्यसंगरीनै बुद्धको ज्ञान र सन्देशलाई संरक्षण सम्पूर्ण लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्विनी विकास कोषका उपाध्यक्ष डा। ल्यारक्याल लामाले नवलपरासी, रुपन्देही र कपिलबस्तुलाई जोडेर बुद्ध सर्किटको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा स्टेफानो लोरीले रामग्रामको विस्तृत गुरुयोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्राम र पण्डितपुर संगं बर्दघाटको बुद्धमंगल ताल, सुस्ताको अनोमा घाट, सरावलको करपत्त नगर सुनवलको तरगौली ताल लगायतका ठाउँहरुलाई जोडेर विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.