Jilla Ban Notis

यूनाईटेड मिसन टू नेपालले गर्यो सामाजिक लेखापरिक्षण ।

0 77

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१९
पश्चिम नवलपरासीको दुई पालिकामा आफ्ना परियोजना सञ्चालन गरेको यूनाईटेड मिसन टू नेपालले आफ्नो वार्षीक कार्यसम्पादनको प्रभावकारीताका बारेमा केन्द्रित रहेर सामाजिक लेखापरिक्षण गर्ने कार्य सम्पन्न गरेको छ ।
नेपालका ६ जिल्लामा २/२ वटा पालिकाहरुलाई आफ्नो कार्यक्षेत्र बनाएको यूनाईटेड मिसन टू नेपालले २०७६ साल अर्थात सन २०१९ देखि पश्चिम नवलपरासीको प्रतापपुर र पाल्हिनन्दन गाउँपालिकामा साझेदार संस्थाहरु मार्फत बाल अधिकार,लैङगीकता ,अपाङ्गता,स्वास्थ्य ,कृषि र प्रकोपको क्षेत्रमा काम गरी रहेको यूनाईटेड मिसन टू नेपाल नवलपरासीकी टिम लिडर सबु तमाङ्गले उक्त सामाजिक लेखापरिक्षण कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुदलले संस्थाहरुले सञ्चालन गरेका परियोजनाहरु राम्रा र प्रभावकारी रहने तर उनीहरुले छोडेपछि त्यसको दिगोपन नहुन सक्ने भएकाले त्यसको दिगो पनाका लागि पनि सोच्नु पर्ने धारणा राख्नु भएको थियो ।

त्यसैगरी पाल्हिन्नदन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले यूनाईटेड मिसन टू नेपालले सञ्चालन गरेका परियोजनाहरु प्रभावकारी रहेको बताउदै अझै प्रभावकारी परियोजना ल्याउन आग्रह गर्नु भएको थियो ।

टिम लिडर सबु तमाङ्गको अध्यक्ष्ँता ,प्रोग्राम पार्टनर टिम लिडर विशाल श्रेष्ठको स्वागत र जिल्ला समन्वय समितिका अध्यक्ष्ँ भगौवती पूदा यादव (रुदल)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष्ँ फातिमा खातुन अन्सारी,प्रतापपुर गाउपालिकाकी उपाध्यक्ष मान कुमारी चौधरी, जिल्ला प्रहरी कार्यालका प्रमुख काजीकुमार आचार्य, लगाएत जिल्लाका विभन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, साझेदार संस्थाका प्रतिनिधि ,पत्रकार लगाएत सरोकारवाला सबैपक्षको उल्लेखनीय सहभागिता रहेको थियो ।

सामाजिक परिक्षण कार्यक्रममा यूनाईटेड मिसन टू नेपालले सञ्चालन गरेका परियोजनाहरु र कार्यक्ष्ँेत्रमा भएका परिणामहरुका वारेमा परियोजना ब्यवस्थापकहरुले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सञ्चालन यूनाईटेड मिसन टू नेपालका सामाजिक लेखा परिक्षक सहजकर्ता एवं पत्रकार कुस्माकर ढकाल (कृष्ण)ले गर्नु भएको थियो ।

पश्चिम नवलपरासी कलस्टरले ईन्द्रेणी सामाजिक विकास मञ्च,बर्दघाट र सुनवल सामुदायिक विकास केन्द्र,सुनवल मार्फत स्थानिय पालिका , जिल्ला कृषि ज्ञान केन्द्र र स्वास्थ्य कार्यालयसंगको सहकार्यमा परियोजनाहरु सञ्चालन गरिरहेको जनाएको छ ।

बाल बालिकाको हकहित र अधिकार साथै संरक्षण ,गरीवि,आय–आर्जन कमभएका, एकल महिला,दलित,विपन्न र अपाङ्गहरुलाई लक्षीत साझेदार संस्था मार्फत कृषि र प्रकोपमा पनि काम गरेको आज भएको सामाजिक लेखा परिक्षण कार्यक्रममा जानकारी गराईएको थियो ।

यूनाईटेड मिसन टू नेपाल नवलपरासी कलस्टरले गरीव तथा विपन्न वर्गमा केन्द्रित रहेर स्वास्थ्य,महिला,बालबालिका,अपाङ्ता,दलित,मुस्लिम,किसान,प्रकोप ग्रस्त क्षेत्र र दैनिक ज्यालादारी गर्ने वर्गलाई फोकस गरेर आफ्ना परियोजनाहरु सञ्चालन गरेको छ भने प्रत्यक्ष रुपमा ४९ जनालाई रोजगारी दिन सफल भएको छ ।

त्यसैगरी गाउँघर क्लिनिक निमार्ण गर्ने देखि अस्पतालको भौतिक निमार्ण तथा बिभिन्न प्रकारका प्राबिधिक ईक्यूमेन्टहरु सहयोग ,शुद्ध खानेपानी , विपन्न समुदायको आवास निमार्ण र शौचालय निमार्ण, घरेलु हिंसा न्युनिकरण , दाईजो प्रथा र महिला हिंसा न्युनिकरण र अपाङ्गहरुको क्षेत्रमा समेत काम गरीरहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.