Jilla Ban Notis

उषासँग राजुको ‘घर नभाको मान्छे’

0 121

मंसिर १७
केही बर्ष अगाडिसम्म संचारमाध्यममा सक्रिय रहेका राजु अर्याल हाल अष्ट्रेलियामा छन् । राजुले लामो समयदेखि साहित्यमा पनि कलम चलाउँदै आएका थिए । उनै, राजुले दर्शकमाझ ‘घर नभाको मान्छे’ बोलको गीत प्रस्तुत गरेका छन् ।

प्रमोद खरेल र रिता केसीको स्वरमा समावेश यो गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतिले पर्दा शेयर गरेका छन् ।

महेश पौडेलको निर्देशनमा तयार भएको भिडियोमा गोपाल रायको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । उमा भट्टराइले यो भिडियोको निर्माण गरेकी हुन् ।

हाल अष्ट्रेलियामा कार्यरत राजु नेपाल आएको मौका छोपेर ‘घर नभाको मान्छे’ बोलको गित बजारमा ल्याएका हुन । पश्चिम नवलपरासीको बर्दघाट–२,चिसापानी निवासी अर्याल सानै उमेरबाट साहित्य र संगितमा निक्कै रुचि राख्ने गर्दथे ।

नवलपरासीवाट भैरहवा सम्म पुगेर रेडियोमा गजल कार्यक्रम सञ्चालन गर्ने राजु संचारकर्मका लागि भैरहवाबाट सिधै काठमाण्डौ पुगेर टेलिभिजनमा खोज पत्रकारीतामा लागेका थिए ।

टेलिभिजनमा काम गर्दै गर्दा सटमुभि र डकुमेन्ट्रीमा तल्लीन भएका राजु एका एक अष्ट्रेलिया पुगेर पनि फेरी आफ्नो कार्यलाई निरन्तरता दिईनै रहेका छन । अहिले छोटो समयका लागि नेपाल आएका राजुले यो समयमा पनि फेरी आफ्नै शब्द तथा संगीत रहेको ‘घर नभाको मान्छे’ बोलको गीत प्रस्तुत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.