Jilla Ban Notis

भुकम्प पीडितहरुको सहयोगार्थ वेथेल चर्चले गर्यो नगद सहयोग

0 62

कृष्ण ढकाल
बर्दघाट,मंसिर–१
बर्दघाट नगरपालिका वडा नं. ४ हाटबजारमा रहेको वेथेल चर्चले कर्णाली प्रदेशको जाजरकोटका भुकम्प पीडितहरुको सहयोगार्थ नगद रू.५० हजार ३ सय ६० रुपैया सहयोग गरेको छ

बर्दघाट नगरपालिका मार्फत जाजरकोटका भुकम्प पीडितहरुलाई उक्त रकम पठाउन वेथेल चर्चका पास्टर रामबहादुर थापाको टोलीले आज नगर प्रमुख शम्भुलाल श्रेष्ठ र उप–प्रमुख रुद्रप्रकाश उपाध्यायलाई
उक्त नगद रकम हस्तान्त्रण गरेको थियो ।

बर्दघाट नगरप्रमुखको कार्यकक्षमा पुगेर हस्तान्तरण गरीएको सो रकम बुझदै नगर प्रमुख श्रेष्ठले प्रप्त रकम बैंक जम्मा गरेर सिधै पठाउने बताउनु भएको छ । त्यसैगरी नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाट नगरपालिकाले यस अघि नै प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा २ लाख जम्मा गरी जाजरकोटका भुकम्प पीडितहरुको सहयोगार्थ सहयोग गरी सकिएको र नगरका अन्य संघ सस्थाहरुलाई सहयोगका लागि अपिल गरीएको बताउनु भएको थियो ।

यता जाजरकोटका भुकम्प पीडितहरुको सहयोगार्थ बर्दघाट नगरका केहि संघ संस्थाहरुले संस्थागत निर्णय गर्न बांकी रहेकाले पछि सहयोग गर्ने बताएका छन ।

Leave A Reply

Your email address will not be published.