Jilla Ban Notis

निराजन देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक 

0 182

कृष्ण ढकाल

बर्दघाट,असोज–७

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट–७,जिमिरेभार निवासी निराजन देवकोटाको पहिलो सांगीतिक कोशेली ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी आज सार्बजनिक भएको छ ।

निराजन देबकोटा युटूब च्यानलबाट आज दिउसो ४ बजे गित सार्बजनिक भएसंगै देवकोटाले बर्दघाट प्रेस क्लबमा आएर आफ्नो गितका बारेमा पत्रकारहरुलाई गितको संक्षिप्त जानकारी सहित आफु संगितमा प्रवेश गर्नुको कारणका बारेमा जानकारी गराएका थिए ।

एम.बि.बि.एस अध्ययनरत निराजन देवकोटाले ’मुसुक्क मिठो हाँसो मायाको‘’ लोक दोहरी लिएर नेपाली लोक सांगीतिक क्षेत्रमा आधिकारिक रुपमा आफुले पहिलो पाइला अघि बढाएको पत्रकारहरु समक्ष जानकारी गराएका थिए ।

लोकप्रिय गायिका समिक्षा अधिकारीसंग नवोदिप गायक तथा सर्जकका रुपमा निराजन देवकोटाले आवाज दिएको ’मुसुक्क मिठो हाँसो मायाको‘’ लोक दोहरीमा लय तथा शब्द देवकोटा कै रहेको छ । त्यसैगरी गितको भिडियोमा लोमश शर्मा र अस्मिता रणपालको अभिनय रहेको देवकोटाले पत्रकारहरुलाई जानकारी गराएका थिए  ।

वरिष्ठ म्युजिक भिडियो निर्देशक कुमार के.सी.द्वारा निर्देशित भिडियोको छायाँकन अजय रेग्मीले ,सम्पादन अमृत चापागाईंले गरेको जानकारी गराएका थिए । एक प्रेमिल जोडीले एक आपसमा मुस्कानलाई प्रतीक मान्दै प्रशंसा गरेको भावलाई रमाईलो किसिमले आफुले गीतमा प्रस्तुत गरेको देवकोटाको भनाइ रहेको थियो ।

सानै उमेर देखि गीत संगीतप्रती पनि विशेष रुचि राख्ने र घरपरिवारको साथ र सहयोगका कारणले पनि आफुले संगितलाई छोड्न नसकेको देवकोटाको भनाई रहेको थियो । चिकिस्साक्षेत्रमा पनि सांगितीक थेरापीकारुपमा लोक संगितलाई अघिबढाउन सकिने धारणा दिदै गायक देवकोटाले आफुले चिकिस्साक्षेत्र र सांगितिकयात्रा संगसगै अघि बढाउने प्रतिक्रिया दिएका थिए ।

Leave A Reply

Your email address will not be published.