Jilla Ban Notis

बर्दघाटमा ‘काँडेतार’ लाग्ने

0 155

कृष्ण ढकाल
बर्दघाट,असोज–२
देशभक्तिपूर्ण भावनामा केन्द्रित रहेर निमार्ण गरीएको चलचित्र ‘काँडेतार’ यहि असोज १३ गते बर्दघाटमा प्रर्दशन हुने भएको छ । बर्दघाटमा रहेको मोहनी चलचित्र मन्दिरमा असोज १३ गते बिहान ९ः३० बजे देखि प्रर्दशन गर्न लागीएको चलचित्र निर्माता अञ्जु के.सी.ले बताउनु भएको छ ।

खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा चलचित्रआधारित छ । ‘काँडेतार’ले नेपाल सरकार, चलचित्र विकास बोर्डद्वारा सञ्चालित स्टोरी बैंकमा छनौट भएसँगै १० लाख रुपैँयाँ नगद पाएको थियो ।

चलचित्रको पोस्टरमा कलाकारहरू नवल खड्का, बरिष्ठ कलाकार तथा बर्दघाट प्रज्ञा प्रतिष्ठानका उप–कुलपति टिकाबहादुर पहारीका छोरा गौरव पहारी, रेविका गुरुङ र सुरविना कार्कीलाई देख्न सकिन्छ ।

नवल खड्काको निर्देशन रहेको चलचित्रमा नवल, गौरव, रेविका, सुरविनाका अलावा मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी र बाल कलाकार नादिया खड्का र सनया खड्का आदि कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रमा सौरभ लामाको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य, मणि थापा, दीपक शर्माको सङ्गीत रहेको छ भने चलचित्रमा शिवम अधिकारी र नवल खड्काको लेखन रहेको छ ।

कार्यकारी निर्माता सत्यकला राई रहेको चलचित्र सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो ।

Leave A Reply

Your email address will not be published.