Holi care school

भरत क्षेत्रीको बालेनको शहरले बिशाल राष्ट्रिय तिज म्युजिक अवार्ड–२०८० प्राप्त गर्न सफल

138

कृष्ण ढकाल
भुमही,भदौ–२८
गायक भरतबहादुर क्षेत्रीको नयाँ तिज गित बालेनको शहरले बिशाल राष्ट्रिय तिज म्युजिक अवार्ड–२०८० प्राप्त गर्न सफल भएको छ ।
बिशाल मुभिज प्रा.लि.ले काठमाण्डौंमा आयोजना गरेको बिशाल राष्ट्रिय तिज म्युजिक अवार्ड–२०८० मा सर्बाेत्कृष्ट तिज गीत गायकहरुको टप फाईपमा तेस्रो स्थान हासिल गर्न सफल भएको बालेनको शहर बोलको गितले भोटीङगका क्रममा पहिलो हुन सफल भएको गायक क्षेत्रीले बताउनु भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका वडा नं. १२ ,भुमहि निवासी गायक भरत क्षेत्रीका यसअघिका गितहरु पनि सबैको रोजाईमा पर्दै आएका छन । फरक शैलिमा तयार गरीको मौलिक तिज गितले काठमाण्डौ शहर जस्तो अन्य शहरहरु बनाउनु पर्ने गरी बर्तमान अवस्थाका वारेमा चित्रण गरेको छ ।