Bardaghat Na pa

नवलपरासीबाट श्रोत नखुलेको बीस लाख रुपैयाँ सहित दुई पक्राउ

145

भदौ-२४

जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले शनिबार श्रोत नखुलेको नेपाली २० लाख रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ ।जिल्लाको सरावल गाउँपालिका वडा नम्बर-७ भुजहवा स्थित झरही खोला पुलमा बिना नम्बर प्लेटको मोटरसाइकलमा आएका उनिहरुलाई शङ्का लागि चेकजाच गर्दा उनिहरुको साथबाट कम्बर पेटिमा राखेको अवस्थामा उक्त रकम फेला परेको एसपी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका २ बस्ने बर्ष २४ को रामपत गुप्ता र सोही ठाउँ बस्ने बर्ष ३८ को गफ्फार राईन कुजडा रहेका छन ।१हजार १ सय ९० थान एक हजारका र १ हजार ६ सय २० थान ५ सयको नोट रहेको प्रहरीले जनाएको छ ।श्रोत खुलाउन नसकेपछि पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीको भनाई छ ।