Jilla Ban Notis

जिसनको मा.बि.स्तरीय अंग्रेजी स्क्राबल प्रतियोगितामा अंकित बि.क. प्रर्थम ।

0 33

कृष्ण ढकाल
बर्दघाट,भदौं–२२
शैक्षिक ऐक्यबद्वताको समूह नेपाल जिसन नवलपरासीको आयोजनमा मा.बि.स्तरीय अंग्रेजी स्क्राबल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । जिसन नवलपरासीका अध्यक्ष डम्मर बहादुर गुरुङको अध्यक्षतामा भएको प्रतियोगितामा जिसन सल्लाहकार एव. प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चापागाईले विद्यार्थीहरुलाई खेलको माध्यमबाट अंग्रेजी शब्दहरुको ज्ञान दिलाउन अंग्रेजी स्क्राबल प्रतियोगिताले टेवा पुराउने बताउनु भएको थियो । प्रमुख अतिथि चापागाईले यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भएको थियो ।

जेनिथ बो.स्कुल वासामा भएको प्रतियोगितामा जिसन नवलपरासीमा आवद्ध २३ सदस्य विद्यालयका बिद्यार्थीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा सुनवल युनाईटेड ई.बो.स्कुलका अंकित बि.क ले प्रथम हुन सफल भएका थिए भने आर्दश सेकेन्डरी स्कुख सेमसीका कृति आचार्य द्वितीय र माट्रियस मेमोरीयल स्कुल सुनवलकी प्रसंशा पुन तृतीय हुन सफल भएका छन भने माउन्ट एभरेष्ट चिसापानीका सचिन कार्कीले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा नवलपुरको कावासोतिस्थित गण्डकि अंग्रेजी आवासीय मा.वि का स्क्राबल प्रशिक्षक बिरु के.सीले सहजिकरण गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव यज्ञ प्रसाद न्यौपानले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.