Jilla Ban Notis

दिब्य शान्ती युवा क्लबद्धारा रमाईलो बिषेश कार्यक्रम सम्पन्न ।

0 15

बर्दघाट,भदौ–२१
बर्दघाट नगरपालिका वडा नं. १४ दिब्यनगरमा रहेको दिब्य शान्ती युवा क्लबले तिजको अवसर पारेर रमाईलो बिषेश कार्यक्रम सम्पन्न गरेको छ । दिब्य शान्ति इको पार्कमा आयोजना गरीएको उक्त कार्यक्रम क्लबका अध्यक्ष खेम बहादुर राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

श्रीकृष्ण अस्टमीको दिन पारेर आयोजना गरीएको उक्त कार्यक्रममा दिब्यनगर , शान्तिनगर , लक्ष्मीनगर र मर्चाघोला क्ष्ँेत्रका महिला तथा पुरुषहरुको सहभागिता रहेको क्लबका सचिव जीवन न्यौपानेले गर्नु भएका बताउनु भएको छ ।

कार्यक्रमा बिवाहित महिला हरुका लागि म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको थियो । ३५ जना महिलाहरुको सहभागिताको प्रतियोगितामा बर्दघाट ४ शान्तिनगर निवासी सिर्जना खत्री प्रथम पेमा गरै द्धितीय र मधु जि.सि.तृतिय हुन सफल हुनुभएको थियो । सो अवसरमा सहभागि महिलाहरुले तिजको गित गाएर रमाईलो गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका सचीव न्यौपानेले बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.