Jilla Ban Notis

जिल्ला प्रहरी कार्यालय नवलपरासीमा साइबर अपराध सम्बन्धी उजुरीबढे

0 120

डाेल्मा चाैधर
परासी,साउन-७
जिल्ला प्रहरी कार्यालय नवलपरासीमा गत आर्थिक वर्षको तुलनामा दुई गुना भन्दा बढि साइबार अपराध सम्बन्धी उजुरी परेका छन् । सामाजिक संञ्जालको प्रयोगसंगै साईबर अपराध (ईन्टरनेटको प्रयोग गरेर हुने अपराधका घटना ) बढ्दै गएका छन् । पछिल्लो समयमा सामाजिक संजालबाट थुपै अपराधका घटनाहरु बढ्दै गएको पाइएको छ । व्यक्तिको चरित्र हत्या गर्नेदेखि ज्यान मार्ने र रकम ठगी गर्ने धेरै घटना भएका छन् ।

आर्थिक वर्ष ०७९।०८० मा साइबर अपराध सामाजिक संजालको दुरुपयोग सम्बन्धी उजुरी ४७ वटा परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्गकले देखाएको छ । आर्थिक ०७८।०७९ मा १७ वटा उजुरी परेको थियो भने गत बर्षको दुई गुनाभन्दा बढि उजुरी परेका छन् । विशेष गरी समाजिक संञ्जाल फेसबुक र टिकटकसंग सम्बन्धित बढि उजुरी प्रहरीमा जाने गरको छ । जसमा २८ वटा पुरुष र १९ वटा महिलाको रहेको छ ।

यस्तै विभिन्न प्रलोभनमा परी अनलाईनबाट ठगिको निवेदन १३ वटा रहेको छ जसमा एक जना महिलाको छ भने १२ वटा पुरुषको रहेको बताइएको छ । जसमध्ये प्रहरीको अनुसन्धानबाट ३ वटाको समाधान भएको छ । १ लाख २० हजार रकमसम्मको ठगिमा परेका सुनवल नगरपालिकाबाट एक जना ५० हजार, रामग्राम नगरपालिकाबाट २ जनाको ६०।६० हजारको रकम ठगिमा परेको प्रहरीद्वारा समाधान भएको हो । अन्य १० वटा प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनु भयोे । साइबर अपराधका उजुरी धरै जसो फेसबुक र टिकटकबाट आउने गरका छन् । तथ्याङ्क अनुसार फेसबुकबाट २५ वटा र २२ वटा टिकटक पिडितको उजुरी रहेको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष ०७८।०७९ मा भने सामाजिक संजालको प्रयोग गरेर हुने अपराध सम्बन्धी उजुरी १७ वटा परेको मध्य महिलाको ९ वटा रहेको र पुरुषको ८ वटा रहेको थियो ।

जनचेतनाको अभाव, स्वयम सचेत नहुँदा पनि यस्ता घटना बढन् गएको सूचना अधिकारी पाण्डेले बताउनु भयो । यस्तोमा व्यक्ति आफू स्वयं सचेत हुनु प्रमुख उपाय हो । यस्ता घटना कम गर्नको लागि सामजिक संजालमा नचिनेको मान्छेलाइ साथी नबनाउने, सामाजिक संञ्जालको पार्सवड गोप्य राख्ने, जथाभावि वेभसाईट, एप्लिकेशन, लिंक वा आफूलाई जानकारी नभएको कुरा नखोले साईबर अपराधका घटनामा कमि आउन सक्ने डियसपि पाण्डेले बताउनु भयो ।

साईबर सम्बन्धी अपराध हुने बित्तिकै प्रहरीले साईबर क्राईम अनुसन्धान ब्युरोमा फरवाड गर्ने गर्दछ। उजुरी दिएको तीन दिनमै आइडिलार्इ बन्द गरी समस्या समाधान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक असबिन ढकालले जानकारी दिनुभयो । उहााले अपराधसम्म पुग्नका लागि प्रहरी कार्यालयमा प्राविधिकको व्यवस्था नहुँदा थप अनुसन्धान अगाडि बढाउन साइबर ब्युरोबाट गर्नु पर्ने बताउनु भयो ।
यस्तै चालु आर्थिक वर्ष ०८०।८१ को एक हप्तामा २ वटा साइबर अपराधका उजुरी परेको छ ।

Leave A Reply

Your email address will not be published.