Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं.९ बालमैत्री वडा घोषणा ।

0 76

कृष्ण ढकाल
बर्दघाट,असार–२९
नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.९ लाई बालमैत्री वडा घोषणा गरिएको छ ।
२०७६ साल देखि बालमैत्री स्थानिय शासन अवलम्बन गरी बालमैत्री घोषणाका लागि हुनु पर्ने ५१ सुचकहरु मध्ये ४९ वटा सुचक पुरागरी वडा नं.९ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।
बाल बचाउको क्षेत्रमा १४ ओटा सुचक,संरक्षणको क्षेत्रमा १०,बाल विकासमा ६, सहभागितामा ६ र संस्थागतमा १५ ओटा सुचकहरु पुरा गरेपश्चात वडा नं.९ लाई बालमैत्री वडा घोषणा गरिएको वडा नं. ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईले घोषणा कार्यक्रममा जानकारी गराउनुु भएको थियो ।
वडाध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रदेश सदस्य पाठकले बालमैत्रि वडा घोषणा गरेर मात्र नहुने बताउनु भएको थियो। उहा“ले बाल बालिकाहरुको हरेक क्षेत्रमा साथ र सहयोग पुग्नेगरी निरन्तर सरोकारवालाहरु लागि रहनु पर्ने बताउदै त्यसका लागि आफु पनि आफ्नो क्षेत्रवाट कटिबद्धभएर लाग्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
बालमैत्री वडा घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष भगौति यादवले नवलपरासीका स्थानीय तहहरु क्रमश बालमैत्री स्थानीय शासनमा गएको बताउनु भयो ।
त्यसैगरी बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ बालमैत्री स्थानीय शासनको पहिलो कदमको रुपमा वडा नम्बर ९ बाट सुरुबात भएको र दुई बर्ष भित्रमा बालमैत्री नगर घोषणा गर्ने तयारीका साथ अघि बढेका बताउनु भएको थियो ।
बालमैत्री वडा घोषणा कार्यक्रममा उप प्रमुख रुद्र प्रसाद उपाध्याय, प्रमुख प्रशासकीय प्रमुख कृष्ण प्रसाद सापकोटा, बालमैत्री सहजकर्ता शर्मा लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
वडा बाल सन्जालकि अध्यक्ष सृष्टि खत्रीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन बालबालिका फोकल पर्शन बाबुराम तिमिल्सिनाले गर्नु भएको थियो ।
१६ वटा वडा भएको बर्दघाट नगरपालिकामा वडा नम्बर ९ पहिलो बालमैत्री वडा घोषणा भएको छ ।

Leave A Reply

Your email address will not be published.