Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानद्धारा २१०औं भानुजयन्ती तथा ६औं घुम्ति श्रृंखला सम्पन्न्

0 87

कृष्ण ढकाल

बर्दघाट,असार–२९

बर्दघाट प्रज्ञा प्रतिष्ठानको भाषा तथा साहित्य विभागले २१०औं भानुजयन्ती तथा ६औं घुम्ति श्रृंखला सम्पन्न् गरेको छ । राष्ट्रिय बिभूति आदिकवि भानुभक्त आचार्यको स्मरणगर्दै उहाँको तस्विरमा माल्यारपणगरी शुरु गरीएको ६औं साहित्य,सङ्गितिक,कला तथा सांस्कृतिक घुम्ति कार्यक्रममा उपस्थिीत साहित्यानुरागीहरुले रचना वाचन तथा गायन गरेका थिए । बर्दघाट प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिकाबहादुर पहारीकाे अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष वेदविना तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष तिवारीले सामुदायिक विधालयहरुमा साहित्य कार्यक्रमहरु लगेर जानू पर्ने बताउनुभयकाे थियाे । उहाँले भानु जयन्तीसंगै प्रज्ञाको घुम्ती श्रृंखलामा वाचन भएका रचनाहरुले समाजको राम्रो चित्रण गरेको बताउनु भएको थियो । बर्दघाट नगरको विकासमा थप एक ईट्टा थप्न साहित्य क्षेत्रले सचेत बनाउनुका साथै जनप्रतिनिधिहरुको आँखा खोलीदिने समेत बताउनु भएको थियो । समाजमा भएका विकृति र विसंगतीका वारेमा कविहरुले रचना रचेकै कारण नेतृत्वपंक्ती सुध्रिने मौका पाउने भएकाले विकासका लागि साहित्य आवश्यक रहेको तिवारीले बताउनु भयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य तथा भाषा साहित्य विभागका सदस्य कुस्माकर ढकालको सञ्चालन र प्रतिष्ठानका परिषद सदस्य तथा भाषा विभागका संयोजक हुमनाथ आचार्यको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा,परिषद सदस्य तथा सांस्कृतिक बिभागसंयाेजक दिपप्रकाश लाेहनी, जिवनाथ पाैडेल,रामहरि अधिकारी. मुरलि कृष्ण खनाल विनोदकुमार चौधरी,दुर्गा भुषााल लगाएतले आ–आफ्ना रचनाहरु वाचन तथा गायन प्रस्तुत् गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.