Jilla Ban Notis

सामुदायिकतर्फ दिब्यज्योति मा.बि.जिपिएमा पहिलो, राष्ट्रिय मा.बि.को शतप्रतिशत रिजल्ट ।

0 560

कृष्ण ढकाल
बर्दघाट,असार–२८

२०७९ को एस.इ.इ.परिक्षामा बर्दघाट नगरका ११ वटा सामुदायिक विद्यालयहरु मध्ये दिब्यज्योति मा.बि.,चिसापानी सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । दिब्यज्योति मा.बि.की आशिका अधिकारीले ३.८४ जिपिए ल्याएसंगै बर्दघाट नगरका सामुदायिक विद्यालयहरु तर्फ दिब्यज्योति मा.बि. पहिलो हुन सफल भएको हो ।

२०७९ को एस.इ.इ.परिक्षामा बर्दघाट नगरबाट ८ सय ६ जना परिक्षामा सहभागि भैरहदा दिब्यज्योति मा.बि.का २ सय ७ जना मध्ये १० जनाले ३.६ जिपिए भन्दा बढीअंक ल्याउन सफल भएका छन । तर नगरका ११ वटा सामुदायिक विद्यालयहरु मध्ये दिब्यज्योति मा.बि.,चिसापानी वाहेक ३.६ जिपिए भन्दा बढीअंक ल्याउनेमा राष्ट्रिय मा.बि. माकर–वेताहानीको १ जना, दाउन्ये मा.बि.को १ जना र गंगा मा.बि.को १ जना मात्र रहेका छन् ।

सामुदायिक विद्यालयहरु तर्फ २०७९ को एस.इ.इ.परिक्षामा शतप्रतिशत बिद्यार्थीहरु पास गराउनेमा राष्ट्रिय मा.बि. माकर–वेताहानी पहिलो हुन सफल भएको छ भने जिपिए तर्फ निरज पाठकले ३.७५ जिपिए ल्याएर नगरका सामुदायिक विद्यालयहरु तर्फ दोस्रो स्थानमा पर्नसफल भएको छ ।

त्यसैगरी जिपिए तर्फ दाउन्ने मा.बि.का सौगात डुम्रेले ३.६५ जिपिए ल्याएसंगै सामुदायिक विद्यालय तर्फ तेस्रो भएको छ ।

नवलपरासी जिल्लामा संस्थागत र सामुदायिक गरी १ सय १८ ओटा विद्यालयहरुका कुल ६ हजार ६२ विद्यार्थीहरु २०७९ को एस.इ.इ.परिक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्वय ईकाई पश्चिम नवलपरासीको तथ्याङ्कमा उल्लेख रहेको छ ।
जसमध्ये २ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् । ४ जिपिए ल्याउनेमा न्यु लाईफ बोडीङ्ग,स्कुल बर्दघाट र लिटिल बुद्ध बोडीङ्ग गोपिगञ्ज रहेको छ। यि दुबै संस्थागत विद्यालय हुन ।

Leave A Reply

Your email address will not be published.