Jilla Ban Notis

आयुर्बेदको क्षेत्रलाई प्राथमिकता : मन्त्री खनाल

0 23

रवि पाण्डेय

बर्दघाट,असार–२२

लुम्बिनी प्रदेश सरकारमा स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश सरकारले आयुर्बेदको क्षेत्रलाई समेत प्राथमिकतामा राखेको बताउनुभएको छ । पछिल्लो समय आयुर्बेदिक उपचारमा बिरामीहरु आर्कषित हुदै गएको देखिन्छ– बर्दघाट प्रेस क्लबले शुक्रवार आयोजना गरेको सात्क्षाकारमा उहाँले भन्नुभयो– आयुर्बेद अस्पताल र आयुर्बेद केन्द्रहरुको स्तरोन्नतिमा पनि सरकारले बजेट ब्यवस्था गरेको छ ।

बिजोरी आयुर्बेद अस्पताललाई ५० शय्याको विकास गर्ने तयारी गरिएको उहाँको भनाई थियो । फरक प्रसंगमा मन्त्री खनालले कुनै पनि विकास निर्माणको काममा मुद्धा हाल्ने प्रबृति रहेको उल्लेख गर्नुभयो ।

बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)को अध्यक्षता र सचिव प्रकाश खनालको संचालनमा भएको उक्त साक्षात्कार कार्यक्रममा संविद्यान सभा सदस्य विक्रम खनाल,प्रदेश सभा सदस्यद्धय विश्वप्रेम पाठक र खड्ग वस्नेत र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.