Jilla Ban Notis

निःशुल्क स्वास्थ्य शिबिरमा एक सय २७ जनाले सेवा लिए

0 61

गौैरीशंकर जयसवाल

परासी १७ असार

पश्चिम नवलपरासीको रामग्राम नगरपलिकाले समुदायमै गई महिलाहरुलाई स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले निःशुल्क शिबिर नगरका १८ वटै वडालाई लक्षित गरी ६ वटा स्वास्थ्य चौकीमार्फत महिलाहरुलाई स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो ।

महिलाहरुलाई स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने समस्या बढदै गएकोले समयमै पहिचान गरी निराकारण गर्ने उद्येश्यले महिलाहरुलाई लक्षित गरी सुदायमै पुगी नजिकको स्वास्थ्य चौकीबाट सेवा दिने गरी शिविर संचालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए । उनले महलिाहरुले यस किसिमका समस्या लुकाउने समुदायमा लुकाउने गर्दा सकेसम नजिकाको स्वास्थ्य चौकीमा सहज पुग्ने गरी शिबिर संचालन गरिएको बताए ।

नगरका १८ वटै वडालाई लक्षित गरी ६ वटा स्वास्थ्य चौकीमार्फत महिलाहरुलाई स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिबिर एक सय २७ जना परीक्षण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक हरिजनले जानकारी दिए ।

शिविरमा ३० बर्ष देखी ६० बर्षको महिलाहरुलार्ई लक्षित गरी निःशुल्क शिबिर संचालन गरिएको सुक्रौली स्वास्थ्य चौकी प्रमुख बलराम सापकोटाले बताए । उनको अनुसार ११ गतेदेखी १७ गतेसम्म महिलाहरुलाई लक्षित गरी स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने सम्बन्धी निशुल्क शिविर संचालनमा गरिएको जानकारी दिए । अमरबन स्वास्थ्य चौकी १८ जनालाई स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने परीक्षण गर्दा १ जनामा पाठेघरको मुख क्यान्सर हुने सक्ने शंकास्पद देखिएको र एक जनामा आङ खस्ने पहिचान भएको ,देवगाउँ स्वास्थ्य चौकीमा २४ जना महिलालाई परीक्षण गर्दा ३ जना पाठेघरको मुख क्यान्सर हुने सक्ने शंकास्पद देखिएको दुई जनालाई आङ खस्ने समस्या देखिएको बताए ।

त्यस्तै हकुई स्वास्थ्य चौकीमा १८ जना महिलाहरुलाई परीक्षण गर्दा १ पाठेघरको मुख क्यान्सर हुने र दुई जनालाई आङ खस्ने समस्या देखिएको,सुक्रौली स्वास्थ्य चौकीकमा ३६ जना परीक्षण गर्र्दा दुई जनामा पाठेघरको मुख क्यान्सर हुने सक्ने शंकास्पद देखिएको सुक्रौली स्वास्थ्य चौकीका प्रमुख सापकोटाले जानकारी दिए । उनवछ स्वास्थ्य चौकीमा ७ जना परीक्षण गर्दा १ जनामा आङ खस्ने समस्या देखिएको र वडान ११मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा २४ जनालाई परीक्षण गर्दा १ जनामा आङ खस्ने समस्या देखिएको प्रमुख स्वास्थ्य चौकीका प्रमुख सापकोटाले बताए ।

पाँच दिनको तालिम लिई शिबिरमा संचालन गरिएको जसमा शिबिरमा सिअनमी रम्भा चौधरी र सिआनमी गांगा भट्ठराईले परीक्षण गरेको स्वास्थ्य शाखाले जानएको छ । धेरै बच्चा जन्माउने महिलाहरुको आङ खस्ने समस्या पाठेघरको मुखमा घाउ आउने मासु पलाउने सेतो पानी बाग्ने समस्या परीक्षण गर्दा देखिएको सिआनमी गांगा भट्ठराईले जानकारी दिईन । उनले नेपालमा सबैभन्दा पाठेघरको मुखको समस्या देखिने गरेको बताईन । पाठेघरको मुखको शकस्पद देखिएकोलाई लुम्बिनी प्रदेशिक अस्पताल बुटवाल पठाईने छ ।

Leave A Reply

Your email address will not be published.