Jilla Ban Notis

चौधरीको सि जि स्न्याक्स उधोग चुनावी एजेन्डा मात्र

0 53

श्याम थापा

सुस्ता १५ असार

उद्योगपति एवं प्रतिनिधि सभा सदस्य माननीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित वार्ड न ३ रेता गाउँमा निर्माण गर्ने भनेको सि जि स्न्याक्स उद्योग चुनावी एजेन्डा मात्र बनेको छ ।

उधोग पति एवं सांसद चौधरीले आफ्नो प्रतिनिधि सभाको चुनावको दौरानमा सुस्ताका जनतालाई एउटा उपहार स्वरुप सि जि स्नाक उधोग निर्माण गरेर सुस्ताबासीलाई रोजगारीको अवसर दिने भन्दै नाटक तरिकाले चुनावी मुखमा सि जि स्नाक्स उधोगको शिलान्यास गराएका थिए । तर त्यो सिजि स्नाक्स उधोग त केवल चुनावी एजेन्डा र सुस्ताका जनतालाई झुक्याउने खेल मात्र रहेको स्थानीयबासीको गुनासो रहेको छ ।

यतिखेर उधोगपती एवं सांसद चौधरीले जग्गा गतिलो नभएको अर्थात जग्गा अत्याधिक बालुवा मात्र रहेको र त्यसमा उधोगको फाउन्डेसन निर्माण गर्न गाह्रो हुने भन्दै बाहाना गरेर उधोग नबनाउने चलखेल गर्दै छन् ।

चौधरीको चुनावको बेलामा त्यही जग्गा उनको लागी सुन थियो भने अहिले चुनावमा आफू बिजयी भइसकेपछि उधोग निर्माण हुन लागेको जग्गा उनका लागि बालुवा भएको छ उद्योग पति एवं सांसद चौधरीको भनाइ अनुसार उद्योग निर्माण गर्न लागेको जग्गा बालुवामात्र होइन मलाई केहि स्थानीय बिचौलियाहरुले त्यस्ता बलौटे जग्गामा फसाए भन्दै छन् ।

देशको उद्योग पति एवं बिकासको रोड म्याप बनाउने आफुलाई बिकासका बिज्ञयता ठान्ने सांसद चौधरीले आफू जग्गामा ठगिएको भन्ने शब्दले के बुझ्न सकिन्छ भने चौधरीले त्यो जग्गालाई बहाना बनाई उद्योग निर्माण नगर्ने र त्यो सिजि स्नाक्स उद्योग सुस्ताबासीको ललिपप जस्तै चुनावको बेला एउटा चुनावी एजेन्डा मात्र बनाएको बुझ्न सकिन्छ ।

नारायणी नदिमा फाउन्डेसन दिएर पुल निर्माण हुन सक्ने नदि ताल तलैया र समुन्द्र जस्तो ठाउँमा भौतिक संरचना निर्माण हुन सक्ने तर उद्योग पति एवं सांसद चौधरीले जग्गा बालुवा भएको कारणले उद्योग निर्माण काम कठिन भएको भन्नू यो एउटा बहाना गरेको र चौधरीले काम भन्दा बढी प्रचारबाजी मात्र काम गरिरहेको स्थानीयबासीले आरोप लगाएका छन् ।

जतिखेर उद्योगपति एवं सांसद चौधरीका छोरा निर्भान चौधरीले बृहत कार्यक्रम गरेर सि जि स्नाक्स उद्योगको बोर्ड समेत राखेर भब्य र सब्य रूपमा भुमी पुजन गरि शिलान्यास गरे त्यतिबेला सुस्ताका केरा किसान मात्र नभइ कतिपय युवाहरु रोजगार पाउने भन्दै खुशी मनाएका थिए तर त्यो खुशी धेरै दिन रहेन किन भने उद्योग निर्माण हुने स्थानमा अहिले हेर्ने हो भने एउटा इट्टा जोड्ने समेत काम भएको छैन ।

सि जि स्नाक उद्योगको बिषयमा चौधरीले पुनः जग्गाको बारे अध्ययन भइरहेको र पुनः अर्को डिजाइन तथा स्टिमेट तयार गरेर निर्माण कार्य अगाडि बढाउने भनिएता पनि स्थानीयबासीहरुले यो उद्योग बन्ला भनेर आश मारि सकेका छन् किन भने चौधरीको चुनावको दौरानमा त्यो जग्गामा सि जि कर्मचारी र उनका आसेपासेहरु देखिन्थे भने यतिखेर हेर्ने हो भने उद्योग निर्माण हुने ठाउँमा घाँस पलाएको छ ।

उद्योगपति एवं सांसद चौधरीले चुनावको दौरानमा जनतालाई गरेका भाषणमा त पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न १ लाई स्विजरल्याण्ड जस्तै बनाउने र आफू यहाँ नाम र दाम कमाउन नआएको र यस क्षेत्रमा बिकासको रेल संचालन गर्न आएको भन्दै विभिन्न बिकासका कामहरु गर्ने भनेर प्रलोभन देखाएर प्रतिनिधि सभा सदस्यमा बिजयी भएका चौधरी अहिले त्यही झुठा गरेका बाचा र भाषणलाई लिपपोत गर्दै हिडेका छन् ।

उद्योग पति एवं सांसद चौधरीले बिकासको रेल चलेको यो रेल आफ्नो रफ्तारमा कुदिरहेको हुदा बिकास चाहनेहरु यो रेलको डब्बामा चढे हुन्छ नत्र स्टेसनमा नै छुट्ट्नु पर्ला भनेर जनतालाई गरेका झुठा भाषण रहेको सि जि स्नाक्स उद्योग त एउटा उदाहरण हो चौधरीले आफ्नो मतदाता र जनतासंग गरेका झुठा बाचाहरु अनेकौं रहेको छ ।

Leave A Reply

Your email address will not be published.