Jilla Ban Notis

सुकुम्बासीलाई लालपुर्जा वितरण ।

0 53

कृष्ण ढकाल
नवलपरासी ,असार –१४
भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले संरक्षण अभावमा सार्बजनिक जगा र सम्पतीको दुरुपयोग बढेको बताउनु भएको छ । उहाँले तथाङ्कहरु संकलन गरी त्यस्ता सार्वजनिक सम्पतिको संरक्षणका लागि सरकारले काम गरिरहेको बताउनु भयो ।

बर्दघाट नगरपालिका वडा नं १३ मा आयोजना गरीएको भुमिहिनलाई पुर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भुमी र आवास सबै नागरिकको संबैधानिक अधिकार भएकाले आयोग मार्फत केही बर्षमै सबै भुमिहिनले पुर्जा प्राप्त गर्ने त्यसकालागी सरकारले जग्गा ब्यवस्थापन गर्ने कार्य गरीरहेको उल्लेख गर्नु भयो ।
पुरानो मनसोभा र सत्यनारायण आयोगको समयमा १९९६ वटा कित्ताहरुको नापी र फिल्डबुक प्रपाणिकरण गर्ने काम सम्पन्न भएको जिल्ला भुमी आयोगका अध्यक्ष देवराज भण्डारीले बताउनु भयो ।
कार्यक्रममा १० जनालाई जग्गाधनी प्रमाणपत्र बितरण गरिएको थियो।
बर्षौ सम्म जोतभोग गरेर बसेकाहरु बैंक पुर्जा पाएपछि खुशि भयकाछन ।

कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर १ का सासद बिनोद चौधरी, पुर्व गृह राज्य मन्त्री देबेन्द्र राज कण्डेल, प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकलगायतले बोल्नु भएको छ । बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको सभापति रहेको कार्यक्रममा स्वागत नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यय र संचालन कृष्ण थापाले गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.