sunwal

करको दर भन्दा पनि करको दायरा बढाउनु पर्यो ः अध्यक्ष मल्ल

31

कृष्ण ढकाल
बर्दघाट,असार–२
सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले निजिक्ष्ँेत्रका व्यवसायीहरुलाई मलम लगाउन नसक्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताउनु भएको छ । नवलपरासी चेम्वर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेसन समुद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले उक्त कुरा बताउनु भएको हो ।

अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नै करको दर भन्दा पनि करको दायरा बढाएर अघिबढ्ने खालको निति तथा कार्यक्रम ल्याउनु पर्नेमा सरकार आफैमा अन्यौल रहेको मल्लले बताउनु भयो ।

जवर्जस्ती कर बढाउनु भन्दा स्थानीय स्तरमा पब्लिक, प्राइभेट र पार्टनर सीपका माध्यमबाट लगानी मैत्री वातावरण सृजना गर्नु पर्ने आजको अवाश्यकता रहेको उहांको भनाई रहेको थियो । बैंकले कर्जा दिँदा सम्बन्धका आधारमा बेस रेटमा शुन्य दशमलव ५ प्रतिसत प्रीमियम लिने र सम्बन्ध नभएका व्यवसायीहरुलाई ५ प्रतिसत लिने गरेको अन्याय पूर्ण रहेको बताउनु भयो । अहिले वैंक तथा वित्तिय संस्थाहरुले ठुला व्यवसायीहरुलाई चैन र साना व्यवसायीहरुलाई ऐन जस्तो व्यवहार गरेको उहाँको भनाई रहेको थियो ।

नवलपरासी चेम्बर अफ कमर्शका अध्यक्ष चन्द्रज्योती बस्यालको अध्यक्षता र नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा भएक्को कार्यक्रममा बोल्दै
नवलपरासी जिल्ला समन्वय समितिका अध्यक्ष भगवतीप्रसाद यादवले रुपन्देही र नवलपरासीलाई व्यापारी हवको रुपमा बिकास गर्न सकिने धारणा राख्नु भएको थियो । उहाँले खुल्ला सिमानाका कारण जिल्लाका व्यवसायीलाई मर्का परेकाले समयमा नै त्यसको समाधान खोज्नु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलले निजि क्षेत्रका एजेन्डालाई मुखाकृत गर्नु पर्ने आजको आवश्यक रहेको बताउनु भयको थियो । नेपालको राजनीति अस्थीरताका कारण व्यवसायीहरुले दुख पाएको उहांको भनाई रहेको थियो । उद्योगी र व्यवसायीहरुलाई राज्यले संरक्षण गर्न सक्नु पर्ने बताउदै उहाँले लगानी मैत्री वातावरण बनाउन सके रोजगारीको सृजना गर्ने र नयाँ लगानी भित्र्याउन सकिने बताउनु भयो ।

कार्यक्रममा बर्दघाट नवलपरासी पालिकाका निवर्तमान नगर प्रमुख धिरज शर्मा बस्याल, लुम्बिनी प्रदेश खानेपानी महासंघका अध्यक्ष थान प्रसाद गैरे, बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, नेपाल पत्रकार महासघं नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने लगायतले आ आफ्ना भनाई राख्नु भएको थियो ।