Sarawal sit lahar Notis

त्रिनेत्र जेष्ठनागरिक दिवा सेवा केन्द्रद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्

0 42

चैत्र ३०
बर्दघाट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ध्रुव थारुले त्रिनेत्रधाम लगायत नगरपालिका भित्र रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुलाई नगरपालिकाको सम्पदा सुचिमा उल्लेख गर्नुपर्ने बताएका छन् । त्रिनेत्र जेष्ठ नागरिक दिवा सेवा केन्द्रले आयोजना गरेको नयाँबर्षको शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष थारुले त्रिनेत्र धामलाई समपदा सुचिमा राखेर नियमित बजेटको ब्यबस्था गर्न सकिए जेष्ठनागरिक सेवा केन्द्र संचालनका लागि सहज हुने बताउनुभएको थियो । अध्यक्ष चौधरीले नयाँ बर्ष २०८० को अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा त्रिनेत्र चिन्तन केन्द्रका केन्द्रिय अध्यक्ष नवराज श्रेष्ठ, धामका बरिष्ठ उपाध्यक्ष रामनारायण श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष सन्दिप सापकोटा, समाजसेवी बृहस्पति अधिकारी, कुवेर न्यौपाने, राधाकृष्ण अधिकारी, वडा सदस्य अम्बिका सुवेदी, राजकुमार श्रेष्ठ, प्रकाश श्रेष्ठ, पत्रकार नारायण भण्डारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले जेष्ठ नागरिक सेवा केन्द्र संचालनमा ल्याउनु निकै महत्वपूर्ण कार्य भएको बताएका थिए । सबैले यसको दिगोपनाका लागि आवश्यक श्रोतको ब्यबस्थापनका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रम त्रिनेत्र जेष्ठनागरिक दिवा सेवाकेन्द्रका अध्यक्ष चिरञ्जिवी सुवेदीको अध्यक्षता र सचिव बसन्त रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.