Bardaghat Na pa

संसारकोट हरियाली सामुदायिक वनमा वन सम्बर्द्धन प्रणाली शुभारम्भ

136

बर्दघाट,१२ चैत्र
नवलपरासीको बर्दघाट १० मा अवस्थित संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा वन सम्बर्द्धन प्रणालीमा आधारित कटान कार्य आज एक कार्यक्रमका बीच शुभारम्भ भएको छ ।
समुहका अध्यक्ष कमल पराजुलीको अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपरासीका डिभिजन वन अधिकृत महेन्द्र राज वाग्लेको प्रमुख आतिथ्यतामा वन कटान कार्य सुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले वन कटान र विक्रि वितरण कार्य पारदर्शी हुनुपर्ने र सरोकारवालाको अनुगमन र चासो हुनुपर्ने कुरामाथि जोड दिनुभयो ।
उहाँले यस कार्यको सुभारम्भ पछि उपभोक्तालाई वन पैदावारको अभाव नहुने तर अपारदर्शी भएको खण्डमा कार्यक्रम नै असफल हुन सक्ने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै बर्दघाट सरावल सव डिभिजन वन कार्यालयका प्रमुख गिरीराज पन्तले वन सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमले पुराना रुख कटान गरेपछि त्यस ठाउँमा नयाँ विरुवाहरु पुन उत्पादन गर्ने तथा हुर्काउने कामलाई पनि अगाडी बढाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा वैज्ञानिक वन व्यवस्थापन महासंघ लुम्बिनी प्रदेश महासचिव तथा चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होम बहादुर गुरुङले सामुदायिक वनलाई सबै पक्षबाट संरक्षण, सम्बर्द्धन र सदुपयोग गर्न आवश्यक रहेको हुदा राज्यले पनि सोही अनुरुप वन सम्बन्धी नितिनियम बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष पराजुलीले यस सामुदायिक वनले नियम संगत र पारदर्शी रुपमा रुख कटान कार्य सञ्चालन गरि उपभोक्तालाई आवश्यक सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै यस कार्यमा सम्पुर्णलाई सहयोग गर्न समेत अपिल गर्नुभयो ।
उक्त वन कटान कार्य अन्र्तगत यस सामुदायिक वनको ३ स्थानबाट कटानको कार्य सुरुवात हुन लागेको हो।जस्मा १ सय २५ वटा हरिया र १८ वटा ढलेका रुख गरी कुल १ सय ४३ वटा रुख कटान गरिने भएको हो । जसबाट सामुदायिक वनले ८ हजार घनफिट काठ र ३२ चट्टा दाउरा संकलन गरी विक्रि वितरण गर्ने अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । सो कटान कार्य प्रमुख अतिथि वाग्लेद्धारा शुभारम्भ गरिएको थियो ।