Jilla Ban Notis

बर्दघाट नगर शिक्षा ऐन–२०७७ को पहिलो सम्सोधन स्विकृत

0 216

कृष्ण ढकाल
बर्दघाट,फागुन–२०
बर्दघाट नगरपालिकाको ११औं नगर सभाको दोस्रो बैठक आज बिहान नगरपालिकाको सभाहलमा सम्पन्न् भएको छ । करिव दुई महिना पछि भएको दोस्रो बैठकले ९ वटा विभिन्न प्रकृतिका प्रस्तावहरु मध्ये ७ वटालाई पास गरी निर्णय गरीएको र २ वटा प्रस्तावलाई थप छलफल गर्ने भन्ने निर्यण भएको नगर प्रवक्ता सन्तु गाहाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।

विषेश गरी सबैको चाँसो र चर्चाको बिषयका रुपमा रहेको नगर शिक्षा ऐनका बिषयमा हुने छलफल , कर्मचारीको संगठन ,रचना र दरबन्दी लगाएतका बिषयमा गरीने छलफल बाहिरीन सक्ने भन्दै नगर सभामा पत्रकारहरुलाई समेत प्रवेशमा रोक लगाएको हुन सक्ने नगर सभाका सदस्यहरुले बताएका छन ।

यता
११औं नगर सभाको दोस्रो बैठकमा हुने छलफलका बारेमा समाचार सम्प्रेसणका लागि नगरपालिका पुगेका पत्रकारहरुलाई बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले आज पत्रकारहरुलाई नगर सभाको दोस्रो बैठकमा प्रवेश नगराउने तर बैठक सकियपछि नगर प्रवक्ताले पत्रकार सम्मेलन गरी जानकारी दिने कार्यक्रम तयगरीएको छ भनेर पत्रकारलाई नै जानकारी गराएसंगै पत्रकारहरुले बाहिर अवेर सम्म निर्णय कुरेरै बस्न वाध्य भएका थिए ।

बैठक पछि पत्रकार सम्मेलन गर्ने भनिए पनि नगर प्रवक्ताले बैठकको निर्णयलाई प्रेस विज्ञप्तीका माध्यामबाट पत्रकारको म्यासेन्जरमा पठाएसंगै बल्ल नगरसभाको निर्णयका वारेमा बिषयगत बुँधाको जानकारी प्राप्त भएको थियो ।

यसरी प्राप्त प्रेस विज्ञप्तीको जानकारी अनुसार बर्दघाट नगरपालिकाको खानेपानी,सरसफाई तथा स्वच्छता सम्बन्धमा ब्यवस्थागर्न बनेको विधेयक–२०७९, स्वास्थ्य तथा सरसफाई ऐन–२०७८ को पहिलो सम्सोधन, नगर शिक्षा ऐन–२०७७ को पहिलो सम्सोधन स्विकृत भएको छ ।

त्यसैगरी बालिन्द्र बिक्रम शाहीको संयोजकत्वमा विद्यायन समिति गठन,शोभाकान्त लामिछानेको संयोजकत्वमा सुशासन समिति गठन गरीएको छ भने नगर कार्यपालिकाका निर्णयहरु र ट्रमा सेन्टरका लागि बर्दघाट २ चिसापनीको नक्सा नं २ /घ अन्र्तगतको कित्ता नं १३ को १ बिघा १४ कठ्ठा जग्गा सघन शहरी भवन निमार्णका लागि सिफारीस गर्ने निर्णय गरेको छ । त्यस्तै चालु आबको निति तथा कार्यक्रम तथा बजेटका शिर्षक रकमान्तर समेत गरीएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

छलफलका क्रममा कर्मचारी संगठन,संरचना र दरवन्दी तथा भू–उपयोग योजना निमार्णको प्रतिवेदन थप छलफल गर्ने गाहाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.