Bardaghat Na pa

२०८३ साल भदौं २९ गते भित्र सरावल गाउँपालिकालाई बालमैत्री स्थानिय शासन घोषणा गरीने ।

87

कृष्ण ढकाल
बर्दघाट,फागुन–१५
सरावल गाउँपालिकामा बालमैत्री स्थानिय शासन समबन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न् भएको छ । गाउँपालिकाका उपाध्यक्ष वासमति हरिजनको अध्यक्षता र गाउपालिका अध्यक्ष्ँ सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलको विषेश आतिथ्यतामा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न् भएको हो ।

अभिमुखीकरण कार्यक्रममा सरावल गाउपालिकाका सबै वडाध्यक्षहरु सहित सरोकारवालाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा २०८३ साल भदौं २९ गते भित्र बालमैत्री स्थानिय शासन घोषणा गर्नका लागि सबैले सामुहिक प्रतिबद्धता सहित हस्ताक्षर गर्नु भएको छ । त्यसका लागि चरणबद्ध रुपमा सबै वडाहरुमा सुचकहरु पुरागर्दै जाने तयारी भएको पालिका अध्यक्ष सुखाडी चौधरीले बताउनु भएको छ । अहिले वडा नं. १ मा बालमैत्रि अभियान संचालन भैरहेकाले यहि असारवाट नै बालमैत्रि वडा घोषणाको कार्य शुरुहुने अध्यक्ष चौधरीले बताउनु भएको छ ।

देशभर रहेका ४ सय ६० बटा गाउँपालिकाहरु मध्ये बालमैत्री स्थानीय शासन पद्धति अवलम्बवनका लागि बालमैत्रि गाउँपालिका घोषणा गर्ने तयारीमा सरावल गाउापालिका पनि अघि बढेको प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले बताउनु भएको छ । सरावल गाउपालिलाई बालमैत्रि गााउँपालिका घोषणा गर्नका लागि ३९ वटा सूचक पुरा गर्नु पर्ने हुन्छ ।