Jilla Ban Notis

विद्यालय बन्द गरेर बिहेभोजमा

0 349

नारायण भण्डारी
बर्दघाट,फागुन–५
दिउँसो झण्डै १ बजेर २० मिनेट गएको हुँदोहो बर्दघाट ३ मा रहेको जानकी प्राविमा पुग्दा विद्यालय बन्द थियो । नत आज कुनै सार्वजनिक विदा नत स्थानिय विदाको सुचनानै ।

विद्यालयमा न शिक्षक थिए नत विद्यार्थीनै । एकाएक विद्यालय बन्द भएको पाएपछि कारण बुझ्नका लागि निकै उत्सुक बनायो । जब कारण बुझियो निकै अच्चम लाग्ने खालको थियो । विहान देखी विद्यालयमा पढाई भएकै थियो तर १ बजे पछि भने विहेभोज खानकै लागि विद्यार्थीलाई छुट्टी दिईएको रहेछ ।

विद्यालयमा स्थानिय रुपमा विदा दिनुपर्ने भए नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउनुपर्ने प्राब्धान छ । जब विनाकुनै जानकारी विद्यालय बन्द गरिएको खबर नगरपालिकामा पुग्यो तब उप प्रमुख रुद्रप्रकाश उपाध्याय, शिक्षा शाखाका प्राविधिक धनपती पौडेल सहितको टोली विद्यालयमा पुग्यो ।

अनुगम टोली विद्यालयमा पुग्दा ३ बजेको थियो । त्यतिनैवेला विद्यालयका प्रधानाध्यापक बहुरन प्रसाद कुर्मी मोटर साईकल कुँदाउँदै विद्यालयमा आईपुगे । प्रअ कुर्मीलाई विद्यालय किन बन्द गरेको भन्ने प्रश्न गर्दा उनले सहजै जवाफ दिए आज मेडमको छोरीको विहे थियो त्यसैले सबै विद्यार्थीलाई विदा दिएर भोज खान गएको ।

विद्यालय बन्द गरेर भोजमा जान पाईन्छ त भन्ने प्रश्नमा उनले भने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्यूले नै विदा दिने भन्नुभयो त्यसैले विदा दिएको हो पछि अरु विदामा कटाएर मिलाईन्छ । प्रअ कुर्मीले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विरबहादुर लामिछाने बन्द गर्न भनेकोले बन्द गरेको पटक पटक दावी गरिरहेका थिए ।

अनुगमनमा पुगेका उप प्रमुख रुद्रप्रकाश उपाद्यायले विद्यालयले शिक्षा शाखामा जानकारी नगराएको र कुनै निर्णय नगरेको पाईएको बताउनुभयो । उहाँले शिक्षा शाखालार्इं त्यस बारेमा स्पष्टिकरण लिन निर्देशन दिनुभयो । शिक्षा शाखाका प्राविधिक धनपती पौडेलले विद्यालय बन्द भएको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले विना जानकारी विद्यालय बन्द गरेकोमा आवश्यक कारबाही प्रकृया अगाडि बढाईने बताउनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको विषयको बहस चलिरहेकोवेला यस प्रकारको घटनाले लज्जास्पद बनाएको छ ।

Leave A Reply

Your email address will not be published.