Jilla Ban Notis

घाँसको बीउ वितरणमा ब्यवसायिक कृषकलाई भेदभाव

सुचना नदिई भित्रभित्रै घाँसको बीउ वितरण : कृषक

0 124

रवि पाण्डेय
नवलपरासी ः किसान लक्षित लाखौ बजेट कटौती गरेको बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरणमा समेत कृषकहरुलाई बिभेद गरेको छ । चालु आर्थिक बर्षको दोस्रो नगरसभामा कृषक लक्षित १८ योजना कटौती गरेको नगरपालिकाले घाँसको बीउ वितरणमा समेत सुचना प्रकाशन नगरी वितरण गरेको हो ।
सुचना नदिई भित्रभित्रै घाँसको बीउ सहकारी मार्फत बाँडियो, न नगरबाट सुचना भयो न सहकारीबाट नै सुचना भयो – रिजन एकीकृत कृषि तथा पशु फर्म बर्दघाट–१३ धनेवाका कृषक राम प्रसाद पौडेलले भन्नुभयो – सुचना नै नदिई अपारदर्शी तरिकाले काम गर्न समेत पाइदो रैछ । घाँसको बीउ वितरण कार्यक्रमको सूचना नै प्रकाशन नगरेर सहकारी मार्फत बीउ वितरण गरिएको उहाँले जानकारी गराउनुभयो ।
नगरक्षेत्रभित्र रहेका पाँचवटा सहकारीमा दुध बिक्री गर्ने किसानलाई मात्र घाँसको बीउमा प्रतिकिलो एक सय रुपैया अनुदान दिएर नीजि क्षेत्रलाई दुध बिक्री गर्ने कृषकहरुलाई बिभेद गरिएको किसानहरुको गुनासो छ ।
चन्द्रोदय बहुउद्धेश्शीय सहकारी संस्था चौपत्ता, बाल्मिकी बहुउदेश्शीय सहकारी संस्था बर्दघाट–७ ,साना किसान कृषि सहकारी संस्था बर्दघाट–९ मधुवन कृषि बहुउदेश्शीय सहकारी संस्था पंचनगर र बिशाल बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट–१६ मा दुध बिक्री गर्ने कृषकहरुलाई घाँसमा अनुदान दिने र नीजिक्षेत्रलाई दुध बिक्री गर्ने किसानलाई अनुदान नदिने गरिएको कृषकहरुले बताएका छन् ।
बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरण कार्यक्रमको सुचना नै प्रकाशन नगरेर सुचनाबाट समेत बञ्चित गरेको बर्दघाट–२ का पशुपालक कृषक डिलबहादुर शाहीले गुनासो गर्नुभयो । ब्यवसायिक पशुपालन फर्मबाट राजस्व संकलन गर्ने तर घाँसको बीउमा समेत भेदभाव गर्ने तरिका ठिक नभएको कृषक शाहीको भनाई छ । कुरा के हो बुझ्न सकिएन–शाहीले भन्नुभयो– नीजि क्षेत्रमा दुध बिक्री गर्ने कृषकले घाँसको बीउ समेत पाईएन् । हामी कृषक होइनौ ?राजस्व सबै संग लिने तर कार्यक्रममा भने बिभेद गर्ने ?
सरोकारवालाहरुले सहकारीमा दुध बिक्री गर्नेहरु मात्र कृषक र नीजि डेरीमा दुध बिक्री गर्नेहरु गैरकृषक जस्तो गर्नु राम्रो ब्यवहार नभएको बताउछन् । राज्यले सरकारी, नीजि र सहकारी गरेर तीन खम्बे अर्थ नीति अंगिकार गर्दै आएको छ । तर नीजि क्षेत्रलाई दुध बेच्ने कृषकलाई घाँसकै बीउबाट समेत बञ्चित गर्नु राम्रो होइन् – एक कृषकले गुनासो गरे– नगरको भुमिका अभिभावकको जस्तो भएन् । कृषकका योजना कटौती गर्ने र घाँसमा दिने अनुदानमा समेत सहकारी र नीजि भनेर भेदभाव गरिएको कृषकहरुको दुखेसो छ ।
चन्द्रोदय बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट–१४ चौपत्ताका अध्यक्ष पुर्ण प्रसाद तिमिल्सिनाले सहकारीमा नगरबाट १० क्विन्टल सुडान घाँसका बिउ दिइएकोमा उति नै बेला सकिएको दावी गर्नुभयो । हामीलाई २०–२५ क्विन्टल घाँसका बिउ आवश्यक थियो १० क्विन्टल आयो उतिखेरै सकियो– उहाँले भन्नुभयो ।
बर्दघाट नगरपालिका पशुपंन्छी तथा मस्त्य विकास अधिकृत भरत लम्सालले नगरपालिकाले दुध उत्पादन गर्ने कृषकलाई गतबर्षको उत्पादन अभिलेखको आधारमा प्रतिलिटर एक रुपैया र घाँसमा अनुदान दिने निर्णय भएकोले सोही निर्णय अनुसार काम गरेको बताउनुभयो । जे निर्णय भएको हो त्यो अनुसार काम भइरहेको छ –उहाँले भन्नुभयो – अहिले त्यो कार्यक्रम नै छैन् । लम्सालले नगरमा उत्पादन हुने करिब ३२ लाख लिटर दुध उत्पादन भइरहेको शाखाको अनुमान छ । बार्षिक करिब १६ लाख लिटर संगठित संस्थामा संकलmन हुने र बाँकी १६ लाख लिटर दुध निजी क्षेत्रमा खपत हुने गरेको उहाँले जानकारी गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.