Sarawal sit lahar Notis

बर्दघाट जेसीजको तेस्रो पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

0 100

बर्दघाट,माघ–१४
बर्दघाट जेसीजको तेस्रो पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम वर्ष २०२२ का अध्यक्ष दिनेश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ विशिष्ट अतिथि बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय रहनुभएको थियो ।

तेस्रो पदस्थापन कार्यक्रमले वर्ष २०२३ का लागी गणेश पाण्डे ‘शिसम’को अध्यक्षतामा चयन भएको कार्यसमितिलाई पदस्थापन गरेको छ । वर्ष २०२३ का अध्यक्ष पाण्डे ले जेसीजको विधान अनुसार मनोनित गर्नुपर्ने पदहरूमा कानुनी सल्लाहकारमा जेसी सुधा ज्ञवाली, महासचिवमा जेसी युवराज चापागाईं र कोषाध्यक्षमा जेसी मिलन भण्डारीलाई मनोनित गर्नुभएको थियो ।

निर्वाचन आयुक्त तथा संस्थापक अध्यक्ष जेसी राजु न्यौपाने ले निर्वाचन कार्यक्रम सञ्चालन गर्दै वर्ष २०२२ को अध्यक्षको गलामा रहेको जेसीज चेन वर्ष २०२३को अध्यक्षको गलामा मातृ शाखा तथा समर्थन साखलाई साक्षी राखी हस्तान्तरण गराउनु भएको थियो । चेन्ज द ट्रेन्ड प्रकरणमा रही वर्ष २०२३ हाक्न तम्तयार पाण्डे ले वर्ष भरी शिक्षा, व्यवसाय र नेतृत्व विकासमा कार्य गर्ने बताउँदै वर्ष २०२३ को अध्यक्ष पद सहर्ष स्वीकार गरेको घोषणा गर्नुभयो ।

कार्यक्रममा रामग्राम जेसीज बर्ष २०२३ का अध्यक्ष बेनिमाधव बस्याल ,बर्दघाट जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष तेजप्रसाद उप्रेती ‘रमेश’ , प्रमुख अतिथि शम्भुलाल श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम बर्ष २०२३ का महासचिव युवराज चापागाईको सञ्चालन र बर्ष २०२१ का अध्यक्ष गणेश प्रसाद न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.